सिद्धार्थद्धारा वित्तिय साक्षरता कार्यक्रम
असोज २९, २०८०, सोमबार | विहान ०२:०८ बजे | 45
मध्यपुर थिमि । मध्यपुर थिमि नपा ४ शंखधर चोकस्थित शंखधर बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्धारा बडा दशैं, तिहार, नेपाल संम्वत ११४४ नयाँ वर्ष एवं छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान एवं वित्तिय साक्षरता कार्यक्रम आयोजना ग¥यो । संस्थाका अध्यक्ष राजेश श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेफ्स्कुनका कार्यक्रम संयोजक पेशलकुमार खड्काले सहकारी सञ्चालक देखि शेयर सदस्यहरुले गर्नुपर्ने आर्थिक नियम बारे बुदाँगत जानकारी दिदैं सहकारी सिद्धान्त पालना गरेमा समस्या नआउने दावि गर्नुभयो । संस्थाका सचिव सोहन कायस्थले संचालन गर्नु भएको कार्यक्रममा चन्द्रकृष्ण श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाका जेष्ठ शेयर सदस्य बाबुकाजी श्रेष्ठले पानसभा दिप प्रज्वलित गरी उद्घाटन गरिएको कार्यक्रममा संस्थाले स्थापनादेखि हालसम्म सञ्चालन गरेका आर्थिक, सामाजिक, सांस्कृतिक, सीप विकास, विकासका कार्यबारे बुदाँगत रुपमा छोटो जानकारी दिदैं संस्थाका अध्यक्ष राजेश श्रेष्ठले वित्तिय साक्षरता कार्यक्रमको उद्देश्यबारे प्रष्ट पार्नु भएको थियो । सिद्धार्थ भवनमा भएको उक्त कार्यक्रममा दशैं तिहार लगायतका चाडपर्वको शुभकामना आदानप्रदान पनि गरिएको थियो ।