झरना सहकारीको साधारणसभा
असोज २९, २०८०, सोमबार | विहान ०१:४७ बजे | 125
मध्यपुर थिमि । मध्यपुर थिमि नपा ४ शंखधरचोकस्थित झरना बचत तथा ऋण सहकारी संस्था लि.को एघारौं वार्षिक साधराणसभा सम्पन्न भयो । संस्थांका अध्यक्ष भरत श्रेष्ठले झरना साकोसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर पुँजी १ करोड ७५ लाख २२ हजार ४ सय रुपैंया र शेयर सदस्य ८ सय पुगेको जानकारी दिनुभयो । संस्थाका सचिव ज्ञानशंकर श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष सूर्यनारायण संस्थाका कोषाध्यक्ष विष्णुभक्त श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा संयोजक सुजित श्रेष्ठले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष ईश्वरमान श्रेष्ठले शेयर सदस्यहरुको आर्थिक उन्नति र सामाजिक विकासमा झरना सहकारीका गरेका कार्यहरुको जानकारी दिदैं उद्यमशिलताका लागि बचत गर्ने बानी बसालौं भन्ने नारालाई सार्थकता प्रदान गर्ने प्रयास भइरहेको बताउनु भयो । बालबचतका शेयर सदस्यहरुलाई टिफिन बक्स सहित उपहार प्रदान गरिएको उक्त कार्यक्रम यचु पार्टी भेन्युमा भएको थियो ।