सन्दर्भ: शिव सेना नेपालको २५ वर्ष, विशेष स्मारिका विमोचन


असोज २८, २०८०, आइतबार | विहान ०२:५६ बजे | 65


सन्दर्भ: शिव सेना नेपालको २५ वर्ष, विशेष स्मारिका विमोचन

कृष्णानन्द भट्ट / काठमाडौ शिव सेनाका राष्ट्रिय अध्यक्ष उद्धव ठाकरेले शिव सेना नेपाल च्याप्टरद्धारा प्रकाशित पुस्तक एक आज एक समारोह विच मुम्बईस्थित मातोश्री भवनमा विमोचन गर्नु भएको छ। शिव सेना नेपाल च्याप्टर स्थापनाको २५औं वर्षगाठको अवसरमा पारेर अशोक सिह नेपालीको संयोजकत्वमा सो पुस्तक प्रकाशनमा ल्याइएको हो। शिव सेना नेपाल च्याप्टर स्थापनाको २५ औं वर्ष पुरा भएको छ । शिव सेना नेपाल च्याप्टरले स्थापना कालको रजत वर्षको अवसरमा शिव सेनाका नेपाल प्रमुख अशोक सिंह नेपालीले शिव सेनाले नेपालमा बेला बेलामा विभिन्न सहयोग उपलब्ध गराउदै आएको र स्वर्गीय बालासाहेव ठाकरेको नेपाल र नेपालीप्रतिको अमिठ लगाव रहेकोेले उहाँको सम्झनाको साथसाथै नेपाल भारत विचको सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्य अनुरुप २५ वर्ष अघि नेपालमा शिव सेना च्याप्टर समेत स्थापना भएको थियो। शिव सेना मार्फत नेपालको सामाजिक सेवामा समर्पित रहदै आएकोले सोही अवसर पारेर शिव सेना विशेष स्मारिका प्रकाशनमा ल्याएको हो। शिव सेनाले जहिले नि नेपालको हकहितमा काम गर्दै आएको छ। उक्त पुस्तकमा स्वर्गीय बालासाहेव ठाकरेको विशेष योगदानको विषयमा लेखरचनाहरु समेटीएका छन्। शिव सेना भारतमा हिन्दुराष्ट्रका सम्राट स्वर्गीय बालासाहेव ठाकेरेद्वारा स्थापना गरिको बहुचर्चित धार्मिक संस्था "शिव सेना" हो। नेपालीमुलका अशोक सिंह नेपाली लामो समयदेखि शिवसेनाको सम्पर्क प्रमुखका रुपमा नेपालमा विभिन्न समाजिक क्रियाकलाप विशेष सहयोग पुर्याउदै आउनु भएको छ।

फाेटाेमा हेर्नुहाेस्...

सन्दर्भ: शिव सेना नेपालको २५ वर्ष, विशेष स्मारिका विमोचन

Comments

ताजा खबर