अर्थविद् शेरजङबहादुरलाई डाक्टर उपाधि प्राप्त


असोज २५, २०८०, बिहीबार | साँझ ०४:०५ बजे | 35


अर्थविद् शेरजङबहादुरलाई डाक्टर उपाधि प्राप्त

काठमाडौं । इकोनोमिक्स अफ ट्राफिक कन्जक्सन्स् इन काठमाडौं भ्यालीका शोधपत्रकर्ता, लेखक एवं अर्थविद् शेरजङबहादुर चन्दलाई डाक्टर उपाधि प्राप्त भएको छ । उनलाई अमेरिकाको एटलान्टिक इन्टरनेशनल यनिभर्सिटीबाट विशिष्ट श्रेष्णीमा पोष्ट डक्टरेट डिग्री प्राप्त भएको हो । डा चन्द आर्थिक विषयमा निरन्तर कलम चलाइरहेका लेखक हुन् । बजेत निर्माण, युवा पुस्ता लाई ब्यापार , देशको निति निर्माण मा गर्नुपर्ने बिचार, देश बिकास का नयाँ नयाँ सुत्र खोज्दै अध्ययन गरि कलम चलाइरहेका चन्द युवा पुस्तामा रुचाएयेका अर्थशास्त्री हुन । फरक फरक बिधामा सोधपत्र गरि राख्ने चन्दले यस अध्यनमा Long term effect of Remittance in nepalese economy, Nepalese economic development to fight poverty र Economic effect of Indo pacific in Nepal जस्ता गम्भीर विषयमा शोधपत्र प्रस्तुत गरेका छन । सरकारले गम्भीरता नलिएको विषय ट्राफिक जामले काठमाडौंमा मात्र देशको बजेटको करिब ८% नुक्सनी हुने निश्कर्श निकाल्दा देश नै अचम्भित भएको थियो ।

Comments