शारदाका नयाँं विद्यार्थीलाई गरियो स्वागत
असोज २५, २०८०, बिहीबार | दिउँसो १२:११ बजे | 40
भक्तपुर । शारदा माध्यमिक विद्यालय यालाछेँ व्यासी भक्तपुरमा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई बिहीबार एक कार्यक्रम गरी स्वागत गरियो । स्वागत कार्यक्रममा सास्कृतिक कार्यक्रम पनि भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका सदस्य हिमालयश्वरलाल मूलले शिक्षा विनाको जीवन बतीविनाको अध्यारो जस्तै हुने बताउनुभयो । त्यसकारण शिक्षा विना सफल जीवन सम्भव नहुने उहाँंको भनाई थियो । निडर, आत्मविश्वासी, लगनशील, साहसी बन्नको लागि पनि शिक्षा अति आवश्यक भएको उहाँले बताउँनुभयो । साथै शिक्षासँगसँंगै विद्यार्थी राजनितिकबाट पनि टाढा हुन नसकिने र नमिल्ने उहाँंले बताउनुभयो । ्स्कुलका प्रध्यानाध्यापक रोशनराज तुईतुईले शारदा माध्यमिक बिद्यालयमा करिब ३३ जिल्लाका विद्यार्थीले अध्ययन गर्दै आइरहेको जानकारी दिनुभयो । कार्यक्रमका अन्य विभिन्न वक्ताहरुले पनि नेपालको शिक्षाबारे आआफनो धारणा राख्नुभएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...