आशापुरी आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण


असोज २२, २०८०, सोमबार | दिउँसो ०३:१३ बजे | 35


आशापुरी आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण

लायन्स क्लव अफ भक्तपुर न्यातपोलद्वारा एक कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नम्बर 8 स्थित आशापुरी आधारभूत विद्यालयमा विद्यार्थीहरूको लागि शैक्षिक सामग्री वितरण गरियो। कार्यक्रमको सभापतित्व ग्रहण गर्नुभएका लायन्स क्लव अफ भक्तपुर न्यातपोलका पहिलो उपाध्यक्ष (1st VP) दिनेश सुवालज्युले शैक्षिक स्तरको बिकासबाट मात्र समग्र नेपालको आर्थिक, राजनीतिक तथा सामाजिक बिकास सम्भव हुने बताउदै मायाको चिनो स्वरूप झोला, कापी कलम लगायतका शैक्षिक सामग्री मार्फत सहयोग गर्न पाउंदा हर्षित भएको बताउनुभयो। विद्यार्थी एवं अभिभावकको रोहबरमा सन्चालित उक्त कार्यक्रममा विद्यालयका प्रधानअध्यापक श्री बुद्धि भक्त चाकतुज्युले शिक्षक तथा बजेटका अभावका कारणले सोचेजस्तो प्रगति गर्न नसकेको गुनासो व्यक्त गर्नुभयो र स्रोत साधनको पर्याप्त उपलब्ध भएको खण्डमा विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो। सरकारले प्रदान गर्ने प्रतिविद्यार्थी 15 रुपैया दैनिक खाजा खर्च अपुग भएको हुनाले लायन्स उत्तम कायशस्थज्यूले खाजाको लागि रु पाँच हजार नगद सहयोग गर्नुभयो। कार्यक्रममा लायन्स 325G का गभर्नर दिपक कृष्ण प्रजापति, सुरेन्द्र जाकिबन्जार लगायतले सामाजिक सेवामा लायन्स क्लब सधैं तत्पर रहने बताउनुभयो।

फाेटाेमा हेर्नुहाेस्...

आशापुरी आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण

Comments