बाबा साकोसको सञ्चालन नाफा ५९ लाख


असोज २२, २०८०, सोमबार | विहान ०९:०३ बजे | 40


बाबा साकोसको सञ्चालन नाफा ५९ लाख

मध्यपुर थिमि । ‘सफलताको लागि हरफल सहयोगी’ भन्ने मूल नाराका साथ सञ्चालित बाबा बचत तथा ऋण सहकारी संस्था लि.मध्यपुर थिमिले आर्थिक बर्ष २०७९÷८० मा ५९ लाख ४४ हजार ४ सय ८० रुपैयाँ सञ्चालन नाफा गरेको छ । संस्थाको असोज २० गते शनिवार सम्पन्न १८ औं बार्षिक साधारण सभामा संस्थाको प्रतिवेदनमा सो कुराको उल्लेख गरेको छ । प्रतिवेदन अनुसार संस्थाले सोही अवधिमा ४३ करोड ५१ लाख ५ हजार ७ सय  पैयाँको सम्पत्ति दायित्वको वासलात समेत रहेको छ ।

सभामा संस्थाका अध्यक्ष ज्ञानराम श्रेष्ठले प्रगति प्रतिवेदन पेश गर्नुहुँदै करिव विश्वमा १७८ बर्ष अगाडी बेलायतबाट शुरु भएको सहकारी अभियान र यसको सिद्धान्त, मूल्य मान्यताले नेपालमा पनि व्यापकता भएपछि सरकारले आर्थिक विकासको तीनखम्बे नीतिमा सहकारी अभिायनलाई पनि अंगिकार गरेको भन्दै तर नेपाल संघीय संरचनामा पुर्नसंरचना पछि संघ, प्रदेश र स्थानीय तहको सरकारमा अधिकार बाँडफाँड पछि समय मै ऐन निर्माण नभएको कारण आज अधिकाशं सहकारी संस्थाहरुको कार्य सम्पादनमा बेलाबेलामा अन्यौल र अस्पष्टता भोग्नु परेको बताउनुभयो । जसका कारण समुदायमा आधारित संस्थाहरु समेत विश्वासको संकट, जोखिमका सामाना गर्नुपरेको छ र सहकारी अभियानर्ला हेर्ने दृष्टिकोणमा समेत दुविधा उत्पन्न भएको बताउनुभयो ।

अध्यक्ष श्रेष्ठ संस्थाले आप्mनो लक्ष्य र उद्देश्य सुनिश्चित गरी शेयर सदस्य महानुभावहरुको आर्थिक उन्नती, प्रगतिको साथै जीवनस्तर माथि उठाउन विभिन्न बचत योजना ल्याएर ऋण लगानी थर्दै सहकारी अभियानमा सक्रिय रहि गतिविधिहरु गर्दै आईरहेको बताउनुभयो ।

सभामा संस्थाका सचिव ज्ञानहरि श्रेष्ठले संस्थाले सो आवमा भएगरेका विभिन्न सामाजिक गतिविधिहरुका बारेमा प्रकाश पार्नुभएको थियो भने कोषाध्यक्ष प्रेमरत्न मानन्धरले आर्थिक प्रतिवेदन पेश गर्नुहुँदै संस्थाले आर्थिक वर्ष २०७९÷८० मा ६ सय ५३ जना महिला र ८ सय ३८ जना पुरुष तथा २ संस्थागत गरी एक हजार ४ सय ९३ जना शेयरसदस्यहरुबाट ५ करोड ४२ लाख १५ हजार रुपैयाँ शेयरपुँजी संकलन गरेको बताउनुभयो ।

संस्थाले सोही अवधिमा विभिन्न शिर्षकका बचत खाताहरुबाट ३० करोड ७९ लाख ४६ हजार ९ सय १६ रुपैयाँ बचत संकलन गरेको भन्दै कोषाध्यक्ष मानन्धरले सोही अवधिमा २९ करोड ५ करोड ४९ हजार २ सय ९७ रुपैयाँ ऋण लगानी गरेको बताउनुभयो ।  संस्थासंँग सोही अवधिमा १ करोड ७५ लाख १३ हजार १ सय ६९ रुपैयाँ जगेडा कोषमा रहेको छ भने अन्य कोषमा ५६ लाख ९२ हजार २ सय ३० रुपैयाँ रहेको छ ।

सभामा संस्थाका भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष हरि बल्ल, शंखधर साकोसका निवर्तनमान अध्यक्ष रामसुन्दर श्रेष्ठ, संस्थाका सदस्य दिपम श्रेष्ठलगायतका व्यक्तिले सहकारीको महत्वका विषयमा बोल्नु भएको थियो ।  सभाको उद्घाटन नेप्mस्कुनका केन्द्रिय अध्यक्ष परितोष पौडेलले गर्नुभएको थियो ।



Comments