चाँगुनारायण नगरपालिकाद्वारा दुवाकोटमा बजार अनुगमन


असोज २२, २०८०, सोमबार | विहान ०२:२१ बजे | 65


चाँगुनारायण नगरपालिकाद्वारा दुवाकोटमा बजार अनुगमन

विश्वराम दुवाल चाँगुनारायण नगरपालिका अनुगमन समितिका संयोजक एवं चा.न.पा.का उपप्रमुख रमेश बुढाथोकीको नेतृत्व र चा.न.पा.का अधिकृत सुरज पौडेल सहित चा.न.पा.–२, दुवाकोट एरियामा रहेको मिनिमार्ट र खाद्य पसल अनुगमन गरियो । अनुगमनमा दुवाकोट खाद्य स्टोरमा टाइचीन चिउरामा उपभोग्य मिति लेवल नभएको हुनाले अनुचित व्यवसायीक जन्य क्रियाकलाप गरिकउकोले पहिलो पटक सचेतनाका लागि उक्त खाद्य स्टोरलाई रु. ५०००÷– जरिवाना गरियोे । पाथिभरा खाद्य स्टोर म्याद नाघेको धारा तेल ४ पाकेट, बिगुल तेल ४ पाकेट, दिव्य ५ पाकेट, क्विक्स चिजवल ६० पाटेक, क्विक्स चिप्स ४० पाकेट र चोकके अन चकलेट ३ वट्टा जफत गरि नष्ट गरियो । साथै नगरपालिकामा दर्ता नभएकोले ७ दिन भित्र व्यवसाय दर्ता नविकरण गर्न दिर्नेशन दिइयो । बस्ताकोटी किराना स्टोरमा बिक्री गर्न राखेको भुजियामा उपभोग्य मिति नभएको र प्याकेजिङ्ग सामानहरु खाद्य अनुज्ञा पत्र लिई लेवल राखी मात्र विक्री वितरण र म्याद नाघेको सामानहरू छुट्टै राख्न निर्देशन दियो भने सचेतनाका लागि रु. २०००÷– जरिवाना गरियो । त्यस्तै के. एम. सि. किराना पसलमा प्याद नाघेको ध्यू १ वट्टा र कुकिज १ पाकेट नष्ट गरियो । व्यवसाय दर्ता गर्न ७ दिन भित्र नगरपालिकामा दर्ता गर्न निर्देशन दिइयो । डेलि ग्रोसरी प्रा.लि.मा खरिद बिक्री राख्न र म्याद नघेको सामान छुटै देखिने ठाउँमा राख्न निर्देशन दिइयो । अनुगमन अधिकृत सुरज पौडेल, जि.प्र.का.का यादव मिश्र, चा.न.पा.–२ का वडा अध्यक्ष सोमबहादुर प्रधा, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, भक्तपुुर उद्योग वाणिज्य संघका सचिव विश्वराम दुवाल, राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापा, भक्तपुर घरेलु कार्यालयका सरस्वती पौडेल, चा.न.पाका सविन बुढाथोकी, प्र.व.ना. नि. दुवाकोटका किशोर ध्वज कार्की, चा.न.पाका धमेन्द्र थापा, प्र. ज. प्रविन थापा, ह.स.ना. रामेन्द्र बस्नेत प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Comments