कोरोना पोजेटिभ परिवारको हिडडुल र कन्ट्राक्टट्रेसिङ्गमा सजगता अपनाउने हो कि ?
असोज १५, २०७७, बिहीबार | दिउँसो ०२:१२ बजे | 55
अहिले नोबेल कोरोना भइरसले विश्वलाई नै संत्रास छ । यस्तो अबस्थामा सरकारले व्यापार व्यवसाय, यातायात, हवाई सेवा, उद्योगधन्दा लगायत सबै खुकुलो गर्दा काठमाण्डौं उपत्यकामा कोरोनाको संक्रमण दिनदिनै बढी रहेको सबैमा सर्वबिदित्तै छ । त्यसमा पनि अहिले कोरोना पोजेटिभ भएका १४ दिन आईशोलेशनमा बसी के लक्ष्यण देखाएन भने दोहोरो परीक्षण गर्न नपर्ने मापदण्ड बनायो । हुँदा हुँदा अहिले भक्तपुर नगरको वडा वडामा परीक्षण गराएकाहरुले आफू कोरोना पोजेटिभ आएको जानकारी वडा कार्यालयलाई दिँदा वडा कार्यालयले यस्तो कुरा आएको छ । यसमा के कसरी अगाडि बढ्ने भनेर भक्तपुर नगरपालिकाको जनस्वास्थ्यमा सम्पर्क गर्दा आधिकारीक रुपमा जानकारी नआएसम्म केहीं भन्न र गर्न नसक्ने जवाफ संक्रमितहरुलाई पाउँदा कोरोना पोजेटिभ देखाएका व्यक्तिहरु होम आइशोलेशनमा बसी बाँकी परिवारका सदस्यहरु बाहिर हिडडुल गर्दा स्थानीय छिमेकीहरु डराएर बस्नु पर्ने अवस्था आएकोले यस बारेमा भक्तपुर नगरपालिकाले व्यवस्थित व्यवस्थापनको लागि पहल गर्नु पर्ने हो कि भने लागेको छ । साथै परिवारहरु कन्ट्राक्टट्रेसिङ्गमा बसी पिसिआर परिक्षण गराएर नेगेटिभ आएपछि मात्र बाहिर निस्कने वातावरणको लागि पहल कदमी मिलाउनु आवश्यक देखिन्छ । नत्र विश्व स्थास्थ्य संगठनले भने जस्तै यस महामारीले अनिकालमा धेरैले मृत्यु वरण गर्नु पर्ने हुन्छ बेलैमा सजग गर्नु पर्ने हो की ? अथवा सम्बन्धित निकायमा सो बारे समयमै जानकारी दिन दवाव दिई त्यसबाट बच्ने र बचाउने हो की ?
टेजा तुल्सी
भक्तपुर न.पा.