विनायकका विद्यार्थीहरूलाई जीवन शिक्षा


असोज १६, २०८०, मङ्गलबार | विहान ०२:४९ बजे | 55


विनायकका विद्यार्थीहरूलाई जीवन शिक्षा

जीवनोपयोगी सीप तथा चित्त शुद्धिकरण मार्फत जीवन सफल पार्ने उद्देश्यले विनायकका विद्यार्थी हरु ललितपुरको ठेचोस्थित फुत्त बुद्ध मन्दिरमा पुगेका छन् । १ राते २ दिने क्यापको रूपमा आयोजित उक्त कार्यक्रमको नेतृत्व विद्यालयका शैक्षिक संयोजक श्री शैलेन्द्र कुमार भट्टराईलाई ले गरेका थिए ।
विनायक शिक्षा निकेतन, मध्यपुर थिमी को कक्षा ११ मा अध्ययन विद्यार्थीहरू संगै शिक्षकद्वय रोशन कटबाल तथा प्रवीणा बज्राचार्यको पूर्ण सहभागिता रहेको उक्त आध्यामिक कार्यक्रममा किशोर किशोरीहरूको मनोविज्ञान अनुसारको योग, ध्यान, खेलहरू तथा अन्य विविध गतिविधिहरू सञ्चालन गरिएका थिए। आजको भौतिक संसारमा चुर्लुम्मै डुबेका किशोर-किशोरीहरू
लाई अध्यात्म शिक्षा प्रदान गरि मन, वचन र कर्ममा पवित्र बनाउनु उक्त कार्यक्रमको एक मात्र लक्ष्य थियो। विद्यार्थीहरूको आहार-बिहार तथा आचार -विचारमा सन्तुलन कायम गराई अध्ययन र व्यवहार असल बनाउनु उक्त कार्यक्रमको सहायक उदेश्य थियो ।
सामाजिक तथा सांस्कृतिक कल्याण संस्थाको आयोजनामा
सम्पन्न सो कार्यक्रममा प्रशिक्षक हरुद्वारा विविध सैद्धान्तिक एवम् व्यवहारिक सकारात्मक एवम् रचनात्मक रूपले प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा सहभागी हुन पुगेका विद्यालयका +2 "संयोजक श्री तुलसीहरि प्रजापति र गणित शिक्षक श्री हरिचद्र श्रेष्ठले पनि विद्यार्थीहरूमा उत्साह थपेका थिए।
1

फाेटाेमा हेर्नुहाेस्...

विनायकका विद्यार्थीहरूलाई जीवन शिक्षा

Comments