डा. बलराम दुवाल

उपप्राध्यापक, त्रिवि केन्द्रीय व्यवस्थापन विभाग, कीर्तिपुर

सरकारी संयन्त्र कता चुक्यो ?
सरकारले पहिलो चरणको लकडाउन क्रमशः खुकुलो बनाउ“दै गइरहेको थियो । लकडाउनको अवस्थामा भक्तपुर छिर्ने नाकाहरु अव्यवस्थित भएको समाचारहरु आउने गरेको थियो । जिल्लाका सीमानाहरुमा गस्ति गर्नेहरुले राम्रै कमाई गरिआएका थिए । त्यसबाहेक पहु“चवालाहरु एम्बुलेन्सको दुरुपयोग गरि आफ्नो गन्तव्यस्थल पुगिरहेका दृष्यहरुले सामाजिक सञ्जालहरु तरंगित पनि भइरहेका थिए । बजारमा शुरुवाटी लकडाउन अवधिमा भारतमै अलमलिएका भारतीय मूलका व्यापारीहरु लामो दुरीका सवारीसाधनहरु औपचारिक रुपमा सञ्चालनमा नआउ“दै टोल बजारमा देखिन थालेका थिए ।यस परिस्थितिमा भक्तपुर शहरपनि कोरोनाको उच्च जोखिमयुक्त क्षेत्रमा परिणत हु“दै थियो। क्रमशः काठमाण्डौं उपत्यका कोरोना संक्रमणको हबको रुपमा देखिन थालिसकेको थियो ।
सीमा नाकामा भरपर्दो चेकजा“च, उपयुक्त क्वारेन्टाइन स्थल,सीमामा खटिने जनशक्तिको कमजोर नैतिकता, नियमति स्वास्थ्य प्रतिवेदन संकलन गर्न नसक्नुजस्ता अकर्मण्यताले भारतस“ंग खुल्ला सीमानाका भएका जिल्लाहरु जस्तै काठमाण्डौं उपत्यका पनि असुरक्षित रहन गयो । लकडाउन संक्रमण फैलिन नदिने उपाय हु“दाहु“दै, राज्य संयन्त्रले माथि उल्लेख गरेका कमजोरी हटाउन नसक्दा जनताहरुमा नैराश्यता छायो ।
थोरै पैसाको लोभमा सरकारी प्रोटोकलको बेवास्ता गरिदा घनाबस्ती रहेको उपत्यकामा संक्रमण दर उच्च दरमा बढ्न थालेको पुष्टि हुन्छ ।
मलाई कसरी संक्रमण भयो ?
काठमाण्डौं उपत्यका हुंदै भक्तपुर जिल्लामा पनि संक्रमण दर बढ्न थालेको कारण अत्यावश्यक काममा बाहेक घर बाहिर हिड्न छोडेको थिए । साथीभाइ भेटघाट ठ्याम्मै रोकिसकेको थियो ।
कोरोना रोगको प्रकृति फरक छ । मानिसदेखि मानिस डराउनुपर्ने । केही महिनाअघि मोहन मैनालीको किताव मान्ठा डराएको जुग पढेको थिए“  । एक समय नेपालीहरु नेपालीहरुसंगै डराएर जीउनुपर्ने राजनीतिक संकटकालको कालकोठरीको जीवन व्यतित गर्न बाध्य बनेका थियौं । आज अदृष्य भाइरसको कारण पुनः फरक ढंगले मानिसस“ग डराएर जीउनुपर्ने बाध्यता आइपर्यो । हामी अपरिचितस“ग सावधान र सचेत हुनेभयौं तर परिचितस“ग खासै डराएनौ । फलत परिचितहरुबाटै हामी संक्रमित हुन थाल्यौं । मास्कको प्रयोग धुलो छेक्नमात्र गर्नथाल्यौं । कुराकानी अस्पष्ट हुने भएर मास्क सारेर, झिकेर कुराकानी गर्न थाल्दा कोरोनाको संक्रमणको जोखिम बढ्न थालेको देखिन्छ ।
फ्रिजमा रहेको चिसो मेवा र कांक्रो खा“दा मलाई रुघा लागेको थियो । कोरोना संक्रमितहरुका र विज्ञहरुको अनुभव र विचार सुन्दा कोरोना हुनबाट जोगिन रुघालाई बढ्न दिनुहु“दैन । अघिपछि जस्तै निको होला भनि कुरि नबस्न भन्ने सल्लाह अनुसार साइनेक्स औषधि र ज्वरो आउन सिटामोल खान थालेको थिए“ । ल्यापटप बनाउने बहानामा साथीकहा“ गएको थिए“ । १÷२ मिटरको भौतिक दुरी थियो । दुवैको मास्क छंदैथियो । चिया खान मास्क निकालेको याद छ । ल्यापटप बनाउ“दा पनि साथीले स्यानिटाइजरको प्रयोग गरेकै थियो । साथीका दाइ र काका पनि कम्प्युटर मर्मत कोठामा आए,अलग्ग सोफामा बसेका थिए“ । ४० मिनेटको बसाई सकाएर घर फर्केको थिए“ । घर फर्किदा साथीको ससुराबालाई कोरोना संक्रमण भएर साथी पनि कन्ट्याक्ट ट्रेसिङमा भएको जानकारी पश्चात् रिपोर्ट नआउञ्जेल आफुपनि कोठामा अलग्ग क्वारेन्टाइनमा बस्न शुरु गरेको थिए“ । साथीको रिपोर्ट नेगेटिभ आउने कामना गर्दै ३ दिन बिताएं“ । कुनै लक्षण नदेखिएका साथीको पोजेटिभ रिपोर्ट आएकोले शंका लागि पुन परीक्षण गराए, त्यसमा पनि पोजेटिभ देखिएपछि, साथी एकान्तवासमा गए । तत्पश्चात् आफुपनि संक्रमणको दायरामा परिसकेको कारण मन बैचैन हुनथाल्यो । अनिन्द्रामै रात बित्न थाल्यो ।साथीसंग सम्पर्क भएको हप्तादिनपछि शनिबार स्वाब संकलन भयो । पुरानो रुघा निको भईनसकेको कारण मेरो नतिजापनि सुखद नहुनेमा चिन्तित थिए“ । यो समयमा कलेजको काममा अलि धपेडी महशुस गरेको थिए । राती अबेला काम गर्दाको थकान अघिपछि भन्दा बढी नै महशुस गरिरहेको थिए ।
स्वाब रिपोर्ट नगेटिभ हुनेहरुको आईतबार ४ बजे नै खबर मोबाईलमा आईसकेको रहेछ । जसको आएन उनीहरुको रिपोर्टमा खराबी भएको संभावनाले बलियो रुप लिदै गइरहेको थियो । यो रात म मात्र होइन जहान परिवारपनि रिपोर्टको तनावमा निदाउन सकिएन ।
सोमबार धड्कन बढ्न थालेको थियो । आज सुन्न नपरे हुन्थ्यो भन्ने लागेका खबर सुन्न पर्ने भयो भनि बिचलित भइरहेको थिए“ । नभन्दै १०ः३० बजेतिर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको फोन आयो । नर्भस भइयो, डरले छात्ती धक्क फुलिसकेको थियो । रिपोर्ट पोजिटिभ आएको जानकारी दिईयो र स्वास्थ्य अवस्थामा कुनै खराबी भए नभएको सोधनी भयो । लगत्तै एकान्तवासमा बस्न निर्देशन दियो । स्वास्थ्यमा तत्काल कुनै खराबी देखिए ११३३ मा रिपोर्ट गराउन र अस्पतालको व्यवस्थापन हुने जानकारी समेत पाईयो ।
संक्रमण पहिले नै आफुस“ंग भएको पनि हुनसक्थ्यो । अन्त बजारमा किनमेल गर्दा आफुभित्र सरेकोपनि हुनसक्थ्यो ।  संयोग वा विडम्बना भनुम नेवारी उखान याद आयो । काग बस्नु र हांगा भा“च्नु । हो यस्टै हुन गयो । अन्य श्रोत वा कारण खोज्ने झंझट कसले गर्ने पो हुन् । छोटो समय भेटघाट भएका साथी संक्रमित भएपछि उसैतिरबाट संक्रमण आयो भन्दा सबैलाई सजिलो हुने रहेछ ।अरुलाई दोषी बनाउनु न्योयोचित नहोला । आफ्नै असावधानीमा गुनासो गर्नु उपयुक्त ठानें ।

कोरोना पुष्टीपछिको अवस्था
आफुपनि कोरोना संक्रमित भईयो भन्ने आधिकारिक जानकारी मिलेपछि आफैलाई कमजोर महशुस गर्नपुगें । हिजोसम्म अनुहारमा देखिने हा“ंसाको रेखाहरु क्षणभरमा हराइसकेका थिए । जबरजस्ती हा“सेको अभिनय गर्न थालें ।आफु त एकान्तवबासमा हुने भईयो, घर परिवारलाई मानसिक तनाव र कार्यबोझ थपिने भयो । आफ्नो कारण ७५ वर्ष नाघेका बा आमा र ८ महिनाको बच्चालाई केही भईहाल्लाकि भन्ने पीरले सटाउन थाल्यो । परिवारका सबै सदस्य नै तनावमा परेको देख्न सकिन्थ्यो । देखाएर रुन कसैले सकेन तर एकान्तमा रुन कसैले छेकेन । अब कसलाई खबर गर्ने कसलाई नगर्ने निक्कै अप्ठ्यारो अवस्थामा परियो । हिम्मत गरेरै परिवारका सदस्यहरुको र नजिकका साथीहरुलाई मेसेन्जरमा कोरोना संक्रमित भएको जानकारी दिए“ं ।
क्षणभरमै जिल्ला जनस्वाथ्य कार्यालयको फोन आयो । स्वास्थ्य स्थितिको जानकारी लिइकन होम आइशोलेशनको व्यवस्था मिले नमिलेको जानकारी लियो । खासै स्वास्थ्य समस्या नभएकोले घरमै आईशोलेशनमा बस्न सकिने सुझाव मिल्यो ।
केही समयपछि भक्तपुर नगरपालिकाको जनस्वास्थ्य केन्द्रबाट फोन आयो । माथि भएजस्तै कुराकानी भयो । लगातारका यी तीन कलले ढाडसका साथै झर्को पनि मिल्यो । भनपा जनस्वास्थ्य केन्द्रका कोरोना फोकल चिकित्सकले तत्काल कन्टयाक्टमा बसेकाहरुको विवरण उपलब्ध गराउन अनुरोध भयो । अहिले बल्ल त संक्रमित भएको थाहा पाए“, बुझेर भोलि खबर गरुमला भनेर फोन राखिदिए ।
त्यसपछि भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वको फोन आयो । जरो बढीरहेको जानकारी दिए । अप्ठ्यारो भए अस्पताल जाउ“ भन्ने सल्लाह दिनुभयो । पीर नलिन, तनावमा नबस्न र उपचार प्रबन्धको चीन्ता नलिन ढाडस दिनुभयो । हुन्छ, केही परे खबर गरुमला भनेर कृतज्ञताका साथ फोन राखिदिए ।
यतिञ्जेलसम्ममा घरको माथिल्लो तल्ला छोडी तल्लो तल्लामा एकान्तबासमा बस्न आइसकेको थिए“ । नजिकका आफन्तहरुको फोन आउने क्रम शुरु भईसकेको थियो । मानसिक तनाव र शारिरिक अस्वस्थताका कारण फोन उठाउने मन हुदैनथ्यो । अत्यन्त जरुरी फोन बाहेक अन्य फोनहरु बेवास्ता गरिबसें । एकान्तबासको अनुभव लिइसकेका र घरमै कोरोनाको उपचार गरिरहेका चिनजानका साथी भाइहरुको फोन आउन थाल्यो । अनुभव सुनेर आफ्नो उपचारका खाका दिमागमा कोर्न थालें । तनावले ज्वरो नियन्त्रण बाहिर जान सकिने संभावनालाई ख्याल गर्दै तनावरहित बन्ने अभ्यास थालें । कोरोना रोगका नकारात्मक असरभन्दा यसलाई परास्त गर्न सकिने खालका समाचार र जानकारीहरु नेटमा खोज्न थालें । विहानदेखि बेलुकासम्मका नियमित रुटिन अनुशरण गर्न थालें । पौष्टिक आहार, पुग्दोमात्रामा तातो पानी, जडिबुटी पानी, उपयुक्त खानपान, योग ध्यान, व्यायाम र सरसफाईमा दिनचर्या व्यतित हुदै गयो ।
भोलिपल्ट सूर्यविनायक नगरपालिका वडा नं.८ का वडाध्यक्ष किरण थापाको फोन आयो । सञ्चो बिसञ्चो र घर सिल्ड गर्ने नगर्ने छलफल भयो । म आफू घर सिल्ड नगरेकै अवस्थामा सुरक्षित भएकोले सिल्ड गर्न आवश्यक नभएको जिकिर गरें । परिवारको स्वाब रिपोर्ट नेगेटिभ नहुञ्जेल कोही घरबाट नबाहिरिने बचन दिए“ । सुरक्षा सावधानी र स्वास्थ्यको ख्याल राख्न अनुरोध गर्दै उहाले फोन राख्नुभयो । घर सिल्ड गर्ला , बटुवा छर छिमेकीले आतंकित नजरले परिवार र मलाई हेर्ला कि भन्ने ठूलो चिन्ता तरेकोमा आनन्दको स्वास फेरे । संक्रमितको घरको शिल्ड गर्ने नियम प्रति पुनः विचार गर्नुपर्ने देख्छु ।

औषधी उपचार
घरमै भतिजो चिकित्सक भएकोले म ढुक्क थिए“ । सबैको यस्तो अनुकुलता नहुन सक्छ । चिकित्सक साथीहरुलाई सम्पर्क गरि स्वास्थ्य अवस्थाको जानकारी गराउ“थे । आएका सुझावहरुको टिपोट बनाउ“थे । दैनिक अनुगमन तालिका बनाएर तापक्रम, अक्सिजनको मात्रा, रोगका अन्य लक्षणहरु, औषधीहरुको सेवनको तालिका बनाएर चिकित्सिकहरुलाई शेयर गर्थे । ४÷५ दिनसम्म ज्वरो ९८ देखि १०१ सम्म बढ्ने घट्ने भइरह्यो । मेरो लागि ज्वरो नै कोरोनाको लक्षणका रुपमा देखें । अलि बढी असजिलो हुं“दा ६ घण्टाको फरकमा सिटामोल खाए । फार्मेसीका साथीले केही हप्ता दिन अगाडी नै कोरोना भइहाले अत्यावश्यक औषधीहरु राख्न दिएको सुझाव अनुसार औषधी जोरजाम थियो । सिटामोलसंगै भिटामिन सी, डि, हल्का खोकी देखिदा कफट्याब र ज्वरो निको भएपछि कुनै व्याक्टेरियल इन्फेक्सन नहोस् भनेर अजिट्र्रोमाइसिन ५ दिनका लागि चिकित्सकीय परामर्श अनुसार सेवन गर्न थाले ।
दिउ“सो बाफ लिने, सां“झको व्यायामपछि स्टिमबाथ लिई तातोपानी नुहाउन थाल्दा निक्कै ताजगी अनुभुति हुं“दोरहेछ । कोरोनाले छात्ती र फोक्सोमा असर पुर्याउन सक्ने  र श्वासप्रश्वासको समस्या आउन नदिन  निक्कै सतर्क र सजग हुनुपर्दो रहेछ । जसको लागि नियमित तातोपानीको सेवन र बाफ लिने गर्नुपर्ने रहेछ ।
कोरोना संक्रमणको व्यवस्थापन कसरी गर्ने ?
१.कोरोना पोजिटिभ भएको दिन टेकु अस्पतालदेखि प्रहरी प्रशासनसमेत ५ ठाउ“बाट विभिन्न कलहरु आए । केही समय अन्तरालमा सोधिने उही प्रश्नहरुको संख्या र उही जवाफले कोरोना संक्रमित विरामीलाई मानसिक तयारी नसकिदै आक्रान्त पारेको महशुस हुं“दो हो । तसर्थ कोरोना विरामीसं“ग नियमित सम्पर्क र अद्यावधिक जानकारीका लागि एकल कार्यालयले जिम्मेवारी लिनुपर्ने देखिन्छ । इलभ धष्लमयध क्भचखष्अभ म्भष्खिभचथ ःभअजबलष्कmअर्थात् एक निकाय सेवा प्रवाह संयन्त्र हुने हो भने ३ तहका सरकारको समन्वययकारी भूमिका पनि देखिन्थ्यो भने अर्कोतिर विरामीले आफू एक्लो नरहेको भन्ने महशुस गर्न सक्दछ । विरामी एक्लै बस्नुपर्ने यस प्रकारको रोगमा विरामीलाई दरिलो आड, भरोसा र साथ चाहिने हुन्छ । सोको बन्दोबस्त पनि चुस्ट हुने थियो ।
२. शुरुमा तारन्तार फोन आएपनि दिन बित्दै गएपछि कुनैपनि निकायको सम्पर्क भएन । घरमै एकान्तवासमा रहेका विरामीहरुको दैनिक स्वःअनुगमन चार्ट इमेल मार्फत् वा फोन मार्फत् बुझिलिए हरेक सां“झ छोटो चिकित्सकिय परामर्श उपलब्ध हुन सकेको भए सरकारी सेवाको अनुभूति विरामीहरुले पाउथें । ठूलै तनावबाट मुक्त हुन्थे ।
३. संक्रमित भईदा मानसिक तथा शारिरीक दुवै दृष्टिबाट कमजोर भईन्छ । यस अवस्थामा साथीभाइ , ईष्टमित्रहरुले विरामीलाई फोन गरी उही प्रश्नहरु तेस्याइनुका सट्टा मेसेन्जर वा एसएमएस मार्फत् जिज्ञासा वा संवाद राखिदिदा सहज हुनेथियो ।
४. सरकारको अहिलेको अवस्थामा संक्रमण नियन्त्रण गर्ने नीतिहरु असफल भईसकेको देखिन्छ । सरकार आत्मसमर्पणको अवस्थामा पुगेको देखिन्छ । सबै कार्यालयहरु खुलेको अवस्थामा संक्रमित हुनेहरुको संख्या अझ बढ्ने निश्चित छ । तसर्थ अस्पतालमा बेड र आईशोलेशन सेन्टरहरु ब्यवस्थित ढंगले विस्तार गर्नुपर्ने देखिन्छ । भएका सरकारी आईशोलेशन सेन्टरहरुको व्यवस्थापकिय कमी कमजोरीले सम्भव भएसम्म घरमै आइशोलेशनमा बस्नेहरुको संख्या बढनेछ । तसर्थ सबै परिवारले घरमा आइशोलेशन बस्न मिल्ने कोठाको प्रबन्ध गर्न आवश्यक छ । मितव्ययि ढंगले बाथरुम,शौचालय र सम्भव भए सानो भान्छाकोठा समेतको प्रबन्ध गर्न आवश्यक प्राविधिक र आर्थिक सहयोग सरकारले गर्नुपर्ने देखिन्छ । यसले भोलि संक्रमित भई सरकारी आइशोलेशन सेन्टरमा आउनुपर्दाको खर्चलाई निक्कै कम गर्न सहयोग गर्छ ।
५.आइशोलेशनमा बस्दा विरामी वा विरामीका परिवारले गर्नुपर्ने कामहरु के के हुन् र गर्न नहुने कार्यहरु के के हुन् ? सो खुल्नेगरि हात्ते पुस्तिकाहरु बनाई बिरामीको घरमा पुयाउन आवश्यक छ । धेरै विरामीले चिकित्सकिय परामर्श पाउन सकेको हुं“दैन । तसर्थ यस्ता पुस्तिकाले स्वःउपचार र रोग प्रतिरोधात्मक पद्धति विकास गर्नमा समेत सहयोग मिल्नेछ ।
६. सकारात्मक सोच नै रोग परास्त गर्ने हतियार भएकोले सकारात्मक सोच विकास गर्न योगाभ्यास, ध्यान, तनाव व्यवस्थापन र शारिरीक व्यायामका विविध उपयोगी भिडियोहरुको सानो संग्रह पनि ईमेल वा अन्य माध्यमबाट विरामीको हातसम्म पुग्ने व्यवस्था गर्न सकेमा एकान्तवासको अवधि निक्कै फलदायी हुने थियो ।
७.संक्रमित व्यक्ति घरको प्रमुख आर्थिक श्रोत हुनसक्ने भएकोले पौष्टिक आहार, घर परिवार खाद्यान्नको जोहो आदिको अवस्था बुझि स्थानिय वडा कार्यालयले खाद्यान्न र आधारभूत औषधिमूलोको व्यवस्था गरिदिन सके स्थानीय सरकारको महत्व बढ्ने थियो ।
८. धेरै संक्रमितहरुले धेरै थरिका सल्लाह शुभचिन्तकहरुबाट पाउने गर्दछन् । सबैले भने बमोजिम गर्ने हो भने एक दिनभरिपनि नपुग्ने अवस्था छ भनि गुनासो व्यक्त गर्ने गरेको पाईन्छ । सही के हो, गलत कुन हो, अहिलेको आफ्नो स्वास्थ्य अवस्थामा गर्नुपर्ने के हो? सो को उचित परामर्श विरामीलाई खट्केको हुन्छ । यो खट्को कसरी टार्ने सो सम्बन्धमा स्थानीय सरकारले कोरोना फोकल एकाईहरु, विज्ञ व्यक्तिहरुको टीममा छलफल गरि निचोड प्रस्तुत गर्न सकिएमा निक्कै सान्दर्भिक हुनेथियो ।
९. सामाजिक संजालमा कोरोना केही पनि होइन भन्ने खालका भ्रमहरु निक्कै प्रचार प्रसार भइरहेको छ । भ्रामक समाचार रोक्न सरकार असक्षम भयो । भ्रामक समाचार र खबर दिनेहरुलाई सरकारले निर्ममतापूर्वक निषेध गर्नु आजको तड्कारो काम हो । बैज्ञानिक तथ्य प्रमाण बाहेक स्वनामधारी विज्ञहरुको युट्युबदेखि अन्य मिडियाहरु अन्तरवार्ताहरुमा पूर्णतः निषेध गरिनुपर्छ । गलत अफवाह फैलाएको आरोपमा जेलमा किन नहाल्ने ?
१०.कोरोना ज्यान लिने रोग हो भनेर आतंकित हुने खालको समाचारहरुको निक्कै बाढी आउने गरेको छ । मेरो भोगाईमा कोरोना रोगको समयमै जानकारी पाई उपचार गर्न सकियो भने ठूलो दुर्घटना हुन नपाउंदै निको हुन सकिने प्रकृतिको रोग हो, सामान्य व्यक्तिको हकमा । असामान्य दीर्घ रोगी र श्वासप्रश्वाससंग सम्बन्धित विरामीहरुको लागि यो रोगले असामान्य क्षति पु¥याउन सक्नेतर्फ निक्कै नै सतर्कता र सावधानी लिन आवश्यक छ ।
११. यो रोगको लक्षण देखिए त अरुलाई संक्रमण हुनबाट जोगाउन सकिने थियो । तर लक्षण नदेखिने प्रकृतिका संक्रमितहरुको अनावश्यक आत्मविश्वासले धेरैलाई संक्रमण गराई रहेको हुन्छ । तसर्थ संक्रमितको सम्पर्कमा पुगिसेकेकाहरु, स्वाब दिईसकेकाहरु र लक्षण नदेखिएका संक्रमितहरु थाहा भएको दिनदेखि रिपोर्ट नेगेटिभ नआएसम्म स्व एकान्तवासमा बसिदिएको खण्डमा धेरै हदसम्म समुदायस्तरमा यो रोगको संक्रमण फैलिन नदिन भूमिका खेल्न सक्थ्यो ।
११. कोरोना रोकथाम र नियन्त्रणका लागि आत्म अनुशासन र ईमान्दारिता सबै तह तप्काका नागरिक, कर्मचारी, व्यापारीहरुसंग हुन आवश्यक छ । यस समयमा अनुशासनहीन र अनैतिक कार्य गर्ने जोसुकै कर्मचारीलाई अपराधीको रुपमा दण्डित गरि कानुनी शासनको प्रत्याभूति सरकारले जनतालाई दिनसक्नुपर्छ । सरकार कर्तव्यच्युट भईदिदा सरकारी निर्देशनको पालना कसले गराउने ? सरकारको आग्रह नागरिकले कसरी मानिदिन्छ ? तसर्थ सरकारले जारी गरेका निर्देशनहरुलाई हामी सबैले गम्भिरतापूर्वक पालना गरि अनुशासनमा बसेर कोरोना संक्रमण नियन्त्रण र रोकथाममा ठूलो सहयोग पु¥याउन सक्छौं ।

...

All Comments.......


Please Login/Register To Comments