सूर्यविनायक नगर प्याब्सनद्धारा सम्मान


असोज १४, २०८०, आइतबार | दिउँसो १२:०६ बजे | 55


सूर्यविनायक नगर प्याब्सनद्धारा सम्मान

मध्यपुर थिमि । सूर्यविनायक नगरप्याब्सनद्धारा एसईई सम्मान, प्याब्सन दीर्घसेवा सम्मान एवं शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरियो । सूर्यविनायक नगर प्याब्सनका अध्यक्ष दिनेश मैनालीको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन गर्दै प्याब्सनका केन्द्रीय अध्यक्ष डि.के. ढु»्गानाले युवा विद्यार्थीहरु विदेशीदा राष्ट्रको पुँजीसँगै सीप, क्षमता र जनशक्ति बाहिरीएको बताउनु भयो । विशिष्ट अतिथि ढु»्गानाले आजैदेखि निजी संस्थाले व्यवहारिक ज्ञानसँगै सकारात्मक शिक्षा प्रदान गर्दै राष्ट्रियता र स्वाभीमानको रक्षार्थ पहलकदमी गर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा केन्द्रीय प्याब्सनका उपाध्यक्षहरु दिपिका थापा, किशोर गौतम, टी.आर. ढकाल, थकिन कुमार गुरु», आशिष श्रेष्ठ, बागमती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठ लगायतका पदाधिकारीहरुले संस्थागत विद्यालयले नेपालको गुणात्मक शिक्षामा दिइएको योगदानको चर्चा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । प्याब्सनका केन्द्रीय उपमहासचिव भुवन लाल श्रेष्ठ, गोपाल आचार्य, नवराज भ¤ लगायतका अतिथि वक्ताहरुले सूर्यविनायक नगर प्याब्सनले गरेका कार्यहरुको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा प्याब्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र श्रेष्ठले प्याब्सन भक्तपुरले गर्दै आएका शैक्षिक, सामाजिक एवं व्यक्तित्व र नेतृत्व विकासका कार्यहरुको बुदाँगत चर्चा गर्दै सरकारले ल्याएको शिक्षा ऐनको विषयमा सबै शिक्षाकर्मीहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो । सूर्यविनायक नगर प्याब्सन अध्यक्ष दिनेश मैनालीले स्वागत मन्तव्य सँगै शिक्षा ऐन, शिक्षाको वर्तमान अवस्था र भावी नीतिबारे बुँदागत जानकारी दिनुभयो । अध्यक्ष मैनालीले गुणस्तरीय शिक्षा मार्फत प्रतिस्पर्धी नागरिक तयार गर्न संस्थागत विद्यालयको योगदानको चर्चा गर्नुभयो । कार्यक्रममा एसईई २०७९ मा ४ जिपिए ल्याएका भक्तपुर जिल्लाका १५ जना विद्यार्थी, ३.९५ जिपिए ल्याएका २२ जना विद्यार्थीलाई सम्मान गरिएको थियो । कार्यक्रममा सूर्यविनायक नगरपालिकाभित्रका संस्थागत विद्यालयमा लामोसमय सेवा गरेका शिक्षक कर्मचारीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा गुण्डु इग्लिंस स्कुलका प्रिन्सिपल डा.नविन कार्कीलाई विशेष सम्मान गरिएको थियो । युनिक एकेडेमीका प्रिन्सिपल खुम प्रसाद शर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा सूर्यविनायक नगर प्याब्सनका उपाध्यक्ष विनोद काफ्ले, कार्यसमिति सदस्यहरु भोला चौधरी, यज्ञराज भ¤राई, बालकुमार खत्री लगायतले कार्यक्रमको उद्देश्यबारे जानकारी दिनुभएको थियो । शंखधर चोक स्थित शंखधर पार्टी प्यालेसमा भएको उक्त कार्यक्रमका सहभागीहरुले सूर्यविनायक नगर प्याब्सनको कार्यक्रम राष्ट्रिय स्तरको सभ्य र भव्य भएको प्रतिक्रिया दिएका थिए । कार्यक्रममा डेन्स इंग्लिस स्कुल नयाँ ठिमी र रेनबो इंग्लिस स्कुल दधिकोटका विद्यार्थीहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको नमस्ते ख्वप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

सूर्यविनायक नगर प्याब्सनद्धारा सम्मान

Comments