एभरेस्टका ससाना नानीहरुले गरे हजुरआमा हजुरबुबाहरुलाई सम्मान

असोज १२, २०८०, शुक्रबार | दिउँसो ०३:३६ बजे | 0

एभरेस्टका ससाना नानीहरुले गरे हजुरआमा हजुरबुबाहरुलाई सम्मान

भक्तपुर । भक्तपुरको एउटा स्कुलका ससाना नानीबाबुहरुले शुक्रबार एक कार्यक्रमवीच आआफना हजुरआमा हजुरवुवाहरुलाई सम्मान गरेका छन् । जिल्लाको एभरेस्ट स्कुल भक्तपुर २ मिवाछेंका एसकेजीका विद्यार्थीको आयोजनामा स्कुलमा भएको ग्रायण्डपारेन्ट्स डे २०८० को अवसरमा नानीबाबुहरुले आआफना हजुरआमा हजुरबुबाहरुलाई सम्मान गरेका हुन् । सम्मानका एक सय जना भन्दा वढी हजुरआमा हजुरबुबाहरुको सहभागिता रहेको थियो । विद्यार्थीले हजुरआमा हजुरबुबाहरुलाई आआफूले बनाएको ग्रेटिड कार्ड (शुभकामना कार्ड) दिएर सम्मान गरेका हुन् । सो अवसरमा विद्यार्थीले आआफना हजुरआमा हजुरबुबाहरुलाई गीत, नृत्य, नाटक देखाएर मनोरञ्जन दिलाएका थिए । कार्यक्रमको उदघाटन स्कुलका प्रिस्कुल कोअर्डिनेटर प्रेमशिला प्रधानले गरेकी थिइन् । कार्यक्रममा स्वागत मन्तव्य स्कुलका प्रिन्सिपल भक्त राजभण्डारी, ग्रायण्ड पारेन्ट्स स्पिच विभु कर्मचार्यका हजुरबुबा रामगोपाल कर्माचार्यले दिएका थिए । कार्यक्रमपछि नानीबाबुहरुले आआफना हजुरआमा हजुरबुुबाहरुसँंगै बसेर टि पार्टी पनि गरेका थिए ।  

फाेटाेमा हेर्नुहाेस्...

Comments