जिल्लाब्यापि स्त्क्य्रावल च्याम्पियनसीपमा विनायकको सफलता
असोज १२, २०८०, शुक्रबार | दिउँसो ०३:१० बजे | 135
मध्यपुर ठिमी, भक्तपुर आजका विद्यार्थीलाई पठन-पाठनमा मात्र हैन, क्षमता अभिवृद्धि गर्ने र प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गरिनु पर्छ र सीप, क्षमता र योग्यता भएका विद्यार्थीले मात्र संसारलाई हाँक्न सक्छन् भन्ने प्रगतिशील शिक्षामा जोड दिँदै आएको र आफ्ना विद्यार्थीहरुलाई सोही अनुसारको शिक्षा प्रदान गरी विद्यार्थीको सर्वाङ्गीण विकासमा टेवा पुर्याउदै आएको मध्यपुर ठिमीको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन, ई स्कुलमा यही असोज १२ गते जिल्लाव्यापि अन्तरविद्यालय स्तरीय स्क्राबल च्याम्पियनसिप छनोट कार्यक्रमको आयोजना गन्यो । स्क्राबल क्लव भक्तपुरकोआयाेजना तथा विनायक शिक्षा निकेतको सह आयाेजनामा सञ्चालित उक्त कार्यक्रममा भक्तपुर जिल्लाका ११ ओटा विद्यालयहरू सहभागी रही विद्यार्थीहरूले आ-आफ्नो क्षमता प्रस्तुत गरी जिल्ला च्याम्पियन बन्न सफल भएको कुरा विद्यालयका सहायक प्रिन्सिपल तथा कार्यक्रम संयोजक प्रेमप्रसाद निरौलाले हामीलाई जानकारी गराउनु भयो। मध्यपुर ठिमी नगरपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र भट्टको प्रमुख आतिथ्य तथा स्क्याबल क्लव अफ भक्तपुरका संयोजक सिंग लामा ,क्वेस्ट नेपालकी केन्द्रीय सदस्य मिना महर्जन अन्य विभिन्न विद्यालयका प्रिन्सिपल तथा शिक्षक-शिक्षिकाको आतिथ्यमा सञ्चालित उक्त कार्यक्रमको अध्यक्षता विनायक शिक्षा निकेतनका प्रिन्सिपल सरेन्द्रविक्रम प्रजापतिले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै प्रिन्सिपल प्रजापतिले स्त्र्यावल विद्यार्थीको मानसिक क्षितिजलाई फराकिलो पार्ने तथा सिर्जनशीलतामा सघाउ पुर्याउने माध्यम भएकाले भविष्यमा संसारभर प्रतिष्पर्धा गर्ने हरेक विद्यार्थीले घरमा समेत अभ्यास गरी कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभाव हरुलाई स्क्र्यावलको महत्व र उपयोगिता तथा जिल्लास्तरीय च्याम्पियन छनौट कार्यक्रमका उद्देश्य वारे जिल्ला संयोजक सिंह लामाले बताउन भएको थियो भने प्रमुख अतिथि ज्ञानेन्द्र भट्टले २१ औं शताब्दीका नायकरुपि विद्यार्थीहरूले अनावश्यक रूपमा विद्युतीय सामाग्रीको कुलतमा नफसी सिर्जनशील, क्षमता अभिवृद्धि गर्ने यस्ता कुराहरूमा जोड दिन सके भोलिको भविष्य उज्यालो बन्न सक्ने बताउनु भयो । तीन चरणमा गरिएको उक्त प्रतियोगितामा सम्पूर्ण चरणमा उत्कृष्ट अङ्क ल्याउदै विनायक शिक्षा निकेतनको व्यवस्थापनमा सञ्चालित अरुणोदय ई.स्कुलकाका कक्षा ६ मा अध्ययनरत विद्यार्थी तुलज प्रजापति, सुजिता कुम्पाख र विनायक शिक्षाका क्रृजन श्रेष्ठ उत्कृष्ट बन्न सफल भएका थिए भने नवरत्न, लिशा र विनायककै विद्यार्थीहरु जिल्ला च्याम्पियन बनी यही कार्तिक १८ गते सिमरामा हुने राष्ट्रिय च्याम्पियनसीप प्रतियोगिताका लागि छनौट भएका छन् । स्मरण रहोस विनायक शिक्षा' निकेतनमा विद्यार्थीहरूमध्ये मेधावी विद्यार्थी तुलज प्रजापति २०७५ सालमा आयाेजित प्रतियोगिताहरुमा जिल्ला च्याम्पियन , राष्ट्रिय च्याम्पियन बनी अन्तर्राष्ट्रिय च्याम्पियनसीपमा समेत भाग लिई आफ्नो क्षमता प्रदर्शन गर्न सफल भएका थिए भने गतबर्ष नवलपरासीमा आयाेजित राष्ट्रिय च्याम्पियनसीपमा निस्था श्रेष्ठ र सगुन प्रजापति सहभागी भएका
फाेटाेमा हेर्नुहाेस्...