ख्वप इन्जिनियरिड्ड कलेजको उपप्राचार्यमा डा. सुवेगमान नियुक्त


असोज ८, २०८०, सोमबार | दिउँसो १२:०४ बजे | 5


ख्वप इन्जिनियरिड्ड कलेजको उपप्राचार्यमा डा. सुवेगमान नियुक्त

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज संचालक समितिका अध्यक्ष सुनिल प्रजापतिले कुनै पनि संस्थालाई अगाडि बढाउनको लागि योग्य नेतृत्वको आवश्यकता हुने बताउनु हु“दै कलेजमा कार्यरत शिक्षक कर्मचारीहरूले निःस्वार्थ र अनुशासित भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप इन्जिनियरिड्ड कलेजमा नियुक्त हुनुभएका उप प्राचार्य डा. सुवेगमान बिजुक्छें र ख्वप कलेज अफ इन्जिनियरिड्डमा नया“ नियुक्ति हुनुभएका तथा बढुवा हुनुभएका शिक्षक तथा कर्मचारीहरूको मिति २०८० असोज ७ गते आइतबार भएको नियुक्तिपत्र र बढुवापत्र हस्तान्तरण कार्यक्रममा बोल्नुहु“दै उहा“ले इन्जिनियरिड्ड कलेजलगायत नगरपालिकाद्वारा संचालित कलेजहरूको व्यवस्थापन समितिको आ“खा भनकै त्यहा“ कार्यरत शिक्षक कर्मचारी भएको हु“दा मन, वचन र कर्मले इमानदार भई कलेजको हितमा कार्य गर्नुपर्ने बताउनु भयो ।
 नपाबाट सञ्चालित कलेजहरू जनताको कलेज भएको र यसको विकासको लागि थुप्रै नदेखिने हातहरुले विना पारिश्रमिक काम गर्नुभएको बताउनुभयो ।
 कार्यक्रममा ख्वप इन्जिनियरिड्ड कलेजका प्राचार्य ई. सुजन माकले कलेजले अध्यापन कार्यस“गस“गै अनुसन्धान कार्यलाई पनि अगाडि बढाउ“दै लगेको बताउनु हु“दा कलेजद्वारा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनहरु क्ष्ऋत् ऋभ्भ्ी र क्ष्ऋभ्भ्(एम्च्ए को तयारी सम्बन्धमा जानकारी गराउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिड्डका प्राचार्य ई. सुनिल दुवाल, उप प्राचार्य ई. रत्नशोभा प्रजापति र जिन्सी अधिकृत राजन जतीले नया“ जिम्मेवारीका साथ नियुक्त हुनुभएका उप प्राचार्य डा. सुवेगमान बिजुक्छेंको कार्यकाल सफलताको शुभकामना तथा बढुवा हुनुभएका शिक्षक कर्मचारीलाई बधाई दिनुभयो । नया“ नियुक्त हुनुभएका उप प्राचार्य एवं कलेजको नियमानुसार बरिष्ठ उप प्राध्यापक, उप प्राध्यापक तथा अधिकृत तहमा बढुवा हुनुभएका शिक्षक कर्मचारीलाई प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज संचालक समितिका अध्यक्ष सुनिल प्रजापतिले नियुक्तिपत्र तथा बढुवापत्र हस्तान्तरण गर्नुभएको सो कार्यक्रममा नया“ नियुक्त हुनु भएका उप प्राचार्य डा. सुवेगमान बिजुक्छेंले पनि आफ्नो प्रतिवद्धता व्यक्त गर्नुभयो । नया“ नियुक्ति हुनुभएका ख्वप इन्जिनियरिड्ड कलेजका उप प्राचार्य डा. सुवेगमान बिजुक्छेंले आजबाटनै आफ्नो जिम्मेवारी सम्हाल्नुहुने कलेजले जानकारी दिनुभयो ।

Comments