नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण


असोज ७, २०८०, आइतबार | दिउँसो ०३:०६ बजे | 55


नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

भक्तपुर । वागीश्वरी माध्यमिक विद्यालय टेक्स कार्यक्रम अन्तर्गतको आयोजनामा डिप्लोमा तहका नव आगन्तुक विद्यार्थीहरुको आइतबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा वागीश्वरी मा.वि. का विद्यालय व्यवस्थापन समितिका सदस्य एवं पूर्व प्र.अ. मोहनप्रसाद प्राजापतिले देशकै नमूना विद्यालयको रुपमा ख्याति प्राप्त वागीश्वरीका विद्यार्थीहरु इमान्दार र मेहनती रहेको तथ्यलाई निरन्तरता दिनु पर्ने बताउनु भयो । प्राविधिक शिक्षा नै देश विकासको एक मात्र माध्यम भएको बताउनुभयो ।
वागीश्वरी मा.वि. का प्र.अ. कृष्णप्रसाद धन्छाले नेपाल कै पहिलो इन्जिनियर भक्तपुरको रहेको र भक्तपुरबाट उत्पादित प्राविधिकहरु इमान्दार रहेको बताउनु भयो ।
टेक्स कार्यक्रका संयोजक दिनेश प्रधान, परीक्षा प्रमुख सुनिल खाईतु र प्रविण तजले पनि टेक्स कार्यक्रमको परीक्षा र अध्ययनबारे बोल्नुभएको थियो ।

Comments