“जात्रादेखि जात्रासम्म” बारे


असोज १३, २०७७, मङ्गलबार | दिउँसो ०१:५१ बजे | 0


भाद्र २७ गते शनिवारको “नागरिक” दैनिक पत्रिकामा सुरेश किरणको “जात्रादेखि जात्रासम्म” शीर्षकको मत्स्येन्द्रनाथको सम्पूर्ण नालीबेली सहितको लेख पढ्न पाउँदा खुशी लाग्यो । इतिहासलाई यसरी नै जीवन्त बनाईराख्नु पर्छ । प्राचीन अभिलेखहरुको अभावमा हामीले आफ्ना भनाइहरुलाई किम्वदन्ती र विश्वास मानिन्छ भन्ने जस्ता शब्दहरु प्रयोग गरी पन्छाउनुपर्ने हुन्छ । त्यसैले सो लेखमा पनि त्यस्ता शब्दहरुले बाहुल्यता पाएका छन् । त्याग, वीरता र उदारता देखाउन सक्नेको इतिहास रहन्छ । हाम्रो इतिहासमा धेरै राजाहरु आफु वैदिक सनातन धर्मावलम्बी रहेर पनि अन्य धर्मको रक्षार्थ उदारता देखाएका छन् राजा नरेन्द्रदेव आफु शैव धर्मका अनुयायी भएर पनि उदारताका साथ बुद्धको मूर्ति अंकित कम्मरपेटी बाँधेर बुद्धधर्मप्रति आदरभाव देखाएका छन् । हाम्रा पूर्खाहरुले मेहनतका साथ तयार गरेका वंशावली लगायत पुराना अभिलेखहरु भनेका हाम्रा जननी हुन्, सम्पदा हुन्, पथ प्रदर्शक हुन् । यसको अक्षरशः पालना गर्नु हामी सबैको कर्तव्य हो ।
कोही भन्छन बन्धुदत्त आचार्य तलेजु र गुहेश्वरीका तान्त्रीक पुजारी कर्माचार्य र गुरुवाचार्यहरुका वंशज हुन् ।
तपाईको महत्वपूर्ण लेखमा हामीलाई दुई वटा शब्दले बिवादित बनाई दिएका छन् । ती हुन्, बन्धुदत्त आचार्य र बन्धुदत्त बज्राचार्य । अतः यी नामहरु कुन पुरातन अभिलेखबाट उद्धृत गरिएको हो ? हामीले एउटा कुरा याद गर्नुपर्ने हुन्छ कि आमाले जसलाई पिता हुन् भनेर चिनाई दिएका छन्, उसैलाई नै अत्यन्त उदारताकासाथ सबैले स्वीकार गर्नुपर्ने हुन्छ र अर्को जात्रादेखि जात्रासम्म पुनः नदोहारियोस भन्न चाहन्छु ।
जानकारीको प्रतिक्षामा, धन्यवाद ।
बिवेन्द्र भक्त प्रधानाङ्ग
अध्यक्ष
ग्याँस व्यवसायी महासंघ नेपाल




Comments