एकजना निरीह डाक्टरको कविता


असोज २, २०८०, मङ्गलबार | विहान ०८:३६ बजे | 35


एकजना निरीह डाक्टरको कविता

माफ गर्नु हे भद्र समाज
म तिम्रो उपचारमा खटिएको चिकित्सक परे
आफ्नो जीवनको नी लोभ भएको
तिम्रै स्वार्थी हुलको एक पात्र परे

भगवान होइन म 
जो तिमीलाई अमर राख्न सक्छु
मात्र एक दक्ष जनशक्ति
जो तिम्रो आयु लम्ब्याउन मात्र कोसिस गर्न सक्छु

भगवान हुँदो हो त डाक्टर
आफै किन मर्थे होला
तिमीलाई स्वस्थ्य राख्न अहोरत्र खटिँदानी
आफ्नै जीउ ज्यानको त्रास किन हुन्थ्यो होला

धेरै तप मेहेनत र त्याग गरी
बल्ल एक दक्ष जनशक्ति बने
तर पनि सधैं बद्ली रहेको समय सँगै
नयाँ खोज सँगै नयाँ ज्ञान बटुली रहने

उपचारको क्रममा बिरामीलाई मार्ने 
कुनै चिकित्सकको इच्छा हुँदैन
बचाउने कोसिस असफल भए
चिकित्सक कुट्ने तिम्रो नी अधिकार हुँदैन

चिकित्सकसँग मानवताको गुहार लगाउने
तिमी आफै किन दानव हुन्छौ?
आफ्नो क्षतिमा ड्युटीमा रहेको डाक्टर कुट्दा
अरु बिरामीलाई कति सहयोग पुर्याउँछौं?

हजारौं सफलतालाई नजरअन्दाज गरी
केही असफल प्रयासमा असक्षमताको कलंक लगाउँछौ
भोलिको दिनमा चिकिस्तक नै नचाहिने
भविष्यमा कस्तो समाज चाहनछौ

सतप्रतिशतको ग्यारेन्टी दिन नसक्ने म
आज आफ्नो विवेकले काम गर्न पनी डरमा परे
माफ गर्नु हे भद्र समाज
म तिम्रो उपचारमा खटिएको एक निरीह चिकित्सक परे
– एक निरीह नेपाली चिकित्सक
फेसबुकबाट 

Comments

ताजा खबर