8th Hub Convention on Student Quality Circle (SQC) 2020 उद्घाटन


भदौ ३०, २०८०, शनिबार | विहान ०९:५७ बजे | 40


8th Hub Convention on Student Quality Circle (SQC) 2020 उद्घाटन

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ज्ञानको पवित्र मन्दिरको रुपमा रहेको विद्यालयलाई बन्द, हड्ताल र तालाबन्दीलगायतका अवाञ्छित गतिविधिबाट टाढा नै राख्न जरुरी रहेको बताउँदै सरकारको नीतिले पनि देशको शैक्षिक विकासमा धेरै महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
एभरेष्ट इंगलिश सेकेन्डरी स्कूलमा आज आयोजित 8th Hub Convention on SQC 2020 को उद्घाटन गर्दै प्रमुख प्रजापतिले ज्ञानविज्ञानको केन्द्रको रुपमा अगाडि बढिरहेको भक्तपुरलाई शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रमा देशकै उत्कृष्ट गन्तव्यस्थल बनाउने उद्देश्यले भक्तपुर नपाले काम गर्दै आइरहेको बताउनुभयो ।
विद्यार्थीले परीक्षामा उच्च अंक प्राप्त गर्दैमा त्यो विद्यार्थीले समाजको लागि काम गर्छ भन्ने कुरा सत्य नहुन सक्छ भन्दै उहाँले विद्यार्थीमा नैतिक शिक्षाको धेरै खाँचो रहेको बताउनुभयो ।
समाजलाई योगदान गर्न सक्ने जनशक्तिको खाँचो अहिले आवश्यकताबोध भएको बताउँदै उहाँले उच्च शिक्षा, रोजगारीको लागि विदेशिने सोचबाट विद्यार्थीलाई टाढा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
संघीयताको असल कार्यान्वयन भक्तपुरले गरिरहेको बताउँदै भक्तपुर नपाले समाजवादउन्मुख काम गर्दै आइरहेको र स्थानीय तहलाई नै अधिकारसम्पन्न गर्नुपर्ने धारणा उहाँले सोही अवसरमा व्यक्त गर्नुभयो ।
विद्यार्थी र शिक्षकहरुले पनि देशको राजनीतिप्रति चासो राख्नुपर्ने बताउँदै बौद्धिक र प्रबुद्ध व्यक्तिहरुले आफ्नो व्यक्तिगत मात्र नभई सिंगो देशको भविष्यको चिन्ता गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा एभरेष्ट इंगलिस स्कूलका प्रअ भक्त राजभण्डारीले एस.क्यु.सीको अवधारणाले विद्यार्थीहरुमा आत्मविश्वास जागउनुका साथै आफ्ना समस्या पहिचान गरी आफै समाधान गर्ने क्षमता अभिवृद्धि गरेको बताउनुभयो ।
उहाँले एभरेष्ट इंगलिश स्कुलले देशभक्त अनुशासित विद्यार्थी उत्पादन गर्नेमा विशेष जोड दिँदै आएको बताउँदै एभरेष्टमा एस.क्यु.सीको गठनले धेरै उपलब्धीहरु प्राप्त भएको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा एस.क्यु.सीका संस्थापक दिनेश चापागाइँले एस.क्यु.सी स्थापनाको २० वर्ष पुगिसक्दा धेरै विद्यालयहरुमा यो समिति गठन भइसकेको बताउँदै २१ औं शताब्दीका विद्यार्थीहरुको गुणस्तर मापन गर्ने आधारको रुपमा यो समितिले काम गर्दै आइरहेको बताउनुभयो ।





फाेटाेमा हेर्नुहाेस्...

8th Hub Convention on Student Quality Circle (SQC) 2020 उद्घाटन

Comments