भोलि एभरेस्टमा विद्यार्थी गुणीय चक्र सम्मेलन


भदौ २९, २०८०, शुक्रबार | दिउँसो ०३:३२ बजे | 35


भोलि एभरेस्टमा विद्यार्थी गुणीय चक्र सम्मेलन

भक्तपुर । भक्तपुरको एभरेस्ट स्कुल मिवाछें व्यासी भक्तपुरमा भोलि शनिबार ८ औं विद्यार्थी गुणीय चक्र (बृत) सम्मेलन हुने भएको छ । सम्मेलनमा १८ वटा विद्यालयका ३३ समूह गरी दुई सय ४५ जना विद्यार्थीहरु सहभागी हुने जनाइएको छ । 
सम्मेलनको प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति रहने तय गरिएको छ । क्वेस्ट नेपालका संस्थापक दिनेशप्रसाद चापागाई विशेष अतिथि रहने जनाइएको छ । 
कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपल, मास्टर टेनर्स, शिक्षक प्रतिनिधिहरुसहित करिव पाँंच सय जनाको जमघट हुने स्कुलले जनाएको छ । 

फाेटाेमा हेर्नुहाेस्...

भोलि एभरेस्टमा विद्यार्थी गुणीय चक्र सम्मेलन

Comments