रास्ट्रिय बालदिवसको अवसरमा विनायकमा वकृत्तकला र हस्तलेखन प्रतियोगिता


भदौ २९, २०८०, शुक्रबार | विहान १०:५९ बजे | 65


रास्ट्रिय बालदिवसको अवसरमा विनायकमा वकृत्तकला र हस्तलेखन प्रतियोगिता

मध्यपुर ठिमी, एक विद्यार्थी एक सीप : भोलिका सक्षम नागरिक भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै आएको विनायक शिक्षा निकेतन ई. स्कूल, मध्यपुर ठिमी, भक्तपुरले यही भाद्र25 गते रास्ट्रिय बालदिवस -2023को पावन अवसरमा वक्त्रृत्वकला प्रतियोगिता तथा हस्तलेखन प्रतियोगिताको आयोजना गयो। विद्यालय अतिरिक्त क्रियाकलाप विभागको संयोजकत्वमा आयोजना गरिएको ती कार्यक्रममा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरु सहभागी भएका थिए। प्रतियोगितात्मक रूपमा सञ्चालन गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूले बाल दिवस र बाल अधिकार शीर्षकमा आ-आफ्नो धारणा राखेका थिए भने हस्तलेखन तथा चित्रकला प्रतियोगितामा पनि सोही विषयवस्तु राख्दै आ- आफ्नो प्रतिभा तथा क्षमता प्रदर्शन गरेका थिए। कार्यक्रममा वतृत्वकलातर्फ अमृता गोले सृ ल प्रजापति र सागर दुबाल आआफ्नाे समूहबाट प्रथम बन्न सफल भएका थिए भने हस्तलेखन प्रतियोगितामा कक्षागत रूपमा विद्यार्थीहरू छनौट गरी पुरस्कार प्राप्त गर्न सफल भएका थिए । कार्यक्रमको पुरस्कार वितरण समारोहमा आफ्नो मन्तव्य राख्दै विद्यालयका प्रिसिपल सुरेन्द्र विक्रम प्रजापतिले आजका विद्यार्थी भाेलिका यस देशका सारथी तथा विकास निर्माणका संवाहक भएकाले उनीहरुलाई दक्ष, योग्य, स्वावलम्बी तथा आत्मनिर्भर नागरिक तयार. गर्न विद्यालयले स्थापना कालदेखि नै सोही वमाेजिमको शिक्षा दिँदैं आएको र सो शिक्षाले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा विद्यार्थीहरूले आ- आफ्नो क्षमता देखाउदै अब्बल नागरिक बन्न सफल भएको कुरासमेत बताउनु भयो । साथै सम्पूर्ण विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय बालदिवसको हार्दिक मङ्‌गलमय शुभकामना समेत व्यक्त गर्नुभयो ।

फाेटाेमा हेर्नुहाेस्...

रास्ट्रिय बालदिवसको अवसरमा विनायकमा वकृत्तकला र हस्तलेखन प्रतियोगिता

Comments