एभरेस्ट ५९ औँ बाल दिवस
भदौ २९, २०८०, शुक्रबार | विहान ०८:२८ बजे | 30
भक्तपुर हामी धेरै साना छौँ, हाम्रो मुटु सानो छ। यो सानो मुटुमा विशाल देश छ। यो बाल गीतले भने झैँ आजका बालबालिका नै भोलिका दिनमा देश हाँक्ने योद्धाहरु हुन्। यिनीहरूले उचित हेरचाह पाउनुपर्छ , शिक्षाको उचित अवसर पाउनुपर्छ, रमाउन पाउनुपर्छ। त्यसको लागि विद्यालय तथा शिक्षकले आफ्नो तर्फ़बाट सक्दो प्रयास गर्नुपर्छ भन्ने लक्ष्यका साथ अगाडि बढिरहेको एभरेस्ट स्कुलले बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी भन्ने आदर्श वाक्य रहेको ५९औँ बाल दिवस मनायो। प्रिन्सिपल सर , म्याम तथा शिक्षकहरूको बाल गीतले बालबालिकाहरूको मुहार हँसिलो देखिन्थ्यो भने कक्षा शिक्षक, उशु प्रशिक्षक, नृत्य शिक्षकको नृत्यले उनीहरूलाई समेत नचाएको थियो का डान्स, जिम्न्यास्टिक जस्ता कार्यक्रमहरूले बालबालिकामा थप उत्साह बढेको थियो। आफ्नोलागि राखिएको कार्यक्रमा रमाएका उनीहरू आफ्नो शिरमा Happy Children’s Day लेखिएको ताज पहिरिन र प्रिन्सिपल /म्यामको हातबाट सधैँ किताब पढौँ भनेर प्रेरित गर्ने बुक मार्क (Book Mark) उपहार र चकलेट पाएकोमा झनै रमाएका थिए। प्रिन्सिपल श्री भक्त राजभण्डारी तथा कमलादेवी अमात्य राजभण्डारीले सबै विद्यार्थीहरूमा शुभकामना व्यक्त गर्दै उतरोत्तर प्रगतिको कामना समेत व्यक्त गर्नुभयो।