एभरेष्टको कक्षा २ का विद्यार्थीले मनाए ह्यापी फाडर्स डे


भदौ २७, २०८०, बुधबार | विहान ११:०२ बजे | 35


एभरेष्टको कक्षा २ का विद्यार्थीले मनाए ह्यापी फाडर्स डे

भक्तपुर । आआफना बुबाको सम्मानमा बुधबार भक्तपुरको एउटा स्कुलका विद्यार्थीले ह्यापी फाडर्स डे सेलिब्रेशन (बुबाको मुख हेर्ने कार्यक्रम) गरेका छन् । जिल्लाको एभरेष्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरका कक्षा २ का विद्यार्थीको आयोजनामा बुबाको सम्मानमा ह्यापी फाडर्स डे सेलिब्रेशन गरिएको हो । 
कार्यक्रममा स्कुलमा कक्षा २ को मकालु, कञ्चनजंगा र धौलागिरी गरी तीन सेक्सनका विद्यार्थीहरुले बुबाहरुलाई स्टेजमा बोलाएर सम्मान गरेका थिए । एउटा सेक्सनमा रहेका सवै विद्यार्थी स्टेजमा पुगेर स्टेजमै पुगेका विद्यार्थीका अभिभावकहरुलाई आआफूले सम्मान गरेका हुन् । विद्यार्थीले टिका लगाइदिएर, फूलमाला लगाई आआफूले बनाएको कार्ड आआफना बुबालाई दिएका थिए । 
यो पटक १२ औं फाडर्स डेको अवसरमा कार्यक्रम गरेको स्कुलले जनाएको छ । यसअघि स्कुलले कक्षा २ का विद्यार्थीका अभिभावकलाई नियमन्त्रा दिइएको थियो । अभिभाबक नपुगेका विद्यार्थीहरुले प्रिन्सिपल भक्त राजभण्डारीलाई पूजा गरेका थिए । बुबाको मुख हेर्ने दिन यसवर्ष बिहीबार पदर्छ ।
कार्यक्रमअघि विद्यार्थीले गीतसंगीत देखाएर मनोरञ्जन दिलाएका थिए । गीत गाएर, नृत्य प्रदर्शन गरी उनीहरुले मनोरञ्जन दिलाएका थिए । साथै उनीहरुले बुबाको छोरा नामक नाटक पनि देखाएका थिए । 

फाेटाेमा हेर्नुहाेस्...

एभरेष्टको कक्षा २ का विद्यार्थीले मनाए ह्यापी फाडर्स डे

Comments