परिवर्तन


भदौ २५, २०८०, सोमबार | विहान ०८:३७ बजे | 50


परिवर्तन

डा इन्दुल केसी

सेताम्य सम्पूर्ण फुलेको कपाल
चश्मा बिना नदेखिने दुबै नयन
चपाउनै नसकिने दुर्बल दाँतहरु
चाउरिएका शरीरको छालाहरु ।।१।।

हिँडदुल गर्न सहारा केवल लौरो
श्रव्यहिन दुवै कान नै बहिरो
चुहिरहन्छ सिंगान नाकको प्वालबाट
टप्की रहन्छ ¥याल मुखैबाट ।।२।।

आफ्नै परिश्रमले निर्मित बास स्थान
मजदुरीको सहाराले परिवार पालन
छोरा छोरी हुक्र्याइ शिक्षा दिक्षा प्रदान
जाउँ कहाँ ? अब आफै माग्न भिक्षा  ।।३।।

महंगी बजार भाउ, साह्रै महंगो उपचार
रूखा सुखा खाना, घाँटीले निल्नै कठिन
ऐया ऐयाको अनौठो संगीत आफ्नै
लरखराई गोडा चाल, नृत्य आफ्नै ।।४।।

हरे ! एक्लो छोरो खाडीको कारागारमा
नित्य बुहारीको बुहार्तन आफ्नै घरमा
आफ्ना साँध सँधियारले जग्गा मिच्यो
छिमेकी मुलुकले देशको सिमाना नै मिच्यो ।।५।।

आफ्नै जन्मभूमिमा परदेशी हुने भो रे
दौरा–सुरुवाल अब धोती न टोपी हुने भो रे
आफ्ना रितीरिवाज सबै बदल्ने भो रे
चन्द्र सूर्य राष्ट्रिय झण्डा सदा फरफराई रहोस् ।
           +++

२०८०÷५÷२५ गते

Comments

ताजा खबर