दिवङ्गत भएकाको सम्झनामा गाईजात्रा


भदौ १९, २०८०, मङ्गलबार | विहान १०:५४ बजे | 45


दिवङ्गत भएकाको सम्झनामा गाईजात्रा

भक्तपुर   

वर्ष दिनभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाईजात्रा पर्व नेवार समुदाय रहेका देशका  विभिन्न ठाउँमा गाईजात्रा मनाएर थकाइ मार्दै गर्दा  भक्तपुर - मिबाछें स्थित एभरेस्ट स्कुलमा भने गाईजात्राको रौनक यथावत थियो। विद्यालयका बस चालक चन्द्रमान धौबञ्जारकी ममतामयी आमाको १३ औं पुण्यतिथिको दिन तथा ज्ञात अज्ञात मृत जनको आत्माले शान्ति पाओस शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने उद्देश्यले निकालिएको गाईजात्रा (२०८०) मा नेवार समुदायका विद्यार्थीहरूको उत्साह छँदै थियो नै जात्राको लागि ताहामचा बनाउन नूतन राई , प्रमित राईको योगदान पनि कम थिएन। मुस्कान कार्की सिल्भिया खड्काको गाईजात्राको विषयमा दिएको व्याख्यात्मक प्रस्तुति, आयुष खड्का , सौम्यता अधिकारी, तपस्या वाग्ले , क्यारिना  थापामगर, आलिया बानु आदिको घिन्ताङ्गघिसीको नाच त्यसैगरी अग्रिमा अधिकारी, रियन्सिका पोख्रेल, प्रजिता कार्की , आयुषा खड्का आदि हाकुपटासीमा सजिएको देख्दा उनीहरु गैर  नेवार समुदायका हुन् भन्ने भान हुँदैन थियो। त्यसै गरी वैभव ढकाल , आरोन थिङ्ग, सौभाग्य महतो जात्रामा रमाएको देख्दा गाईजात्रा पर्व पुस्तान्तरण मात्र होईन समुदाय- समुदायमा समेत हस्तान्तरण भएको महसुस हुन्थ्यो। 

        २०६९ सालदेखि अनवरत रुपमा मनाउँदै आइरहेको एभरेस्ट गाईजात्रा , बुद्ध जयन्ती , जन्माष्टमी, तीज, बुवाको मुख हेर्ने, म्ह पूजा जस्ता कार्यक्रमहरुको स्मरण गर्दै संस्थापक प्रिन्सिपल श्री भक्त राजभण्डारीले हाम्रा चाडपर्व रीतिरिवाजमा रहेका असल संस्कार मान्यतालाई जगेर्ना गर्नुपर्ने असान्दर्भिक चलनलाई भने परिमार्जन गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो। यस विद्यालयले बिभिन्न धर्म, समुदायमा रहेका असल संस्कारलाई सधैं सम्मान अनुसरण गर्ने गरेको बताउनु हुँदै त्यसले मात्र विभिन्न, जातजाति समुदायका , धर्म संस्कृति , रीतिरिवाजलाई सम्मान गर्ने  सहिष्णु नागरिक तयार पार्ने   त्यसले राष्ट्रिय एकतामा बल पुर्याउने विश्वास समेत ब्यक्त गर्नु भएको थियो। उक्त कार्यक्रममा कक्षा , कक्षा का विद्यार्थीहरुको सक्रिय सहभागिता रह्यो। 

फाेटाेमा हेर्नुहाेस्...

दिवङ्गत भएकाको सम्झनामा गाईजात्रा

Comments