मेरो यात्रा
भदौ १९, २०८०, मङ्गलबार | विहान ०८:५० बजे | 35
डा इन्दुल केसी
जीवन एक यात्रा हो, यो यात्रा चलिरहन्छ ।
आध्यात्मिक दर्शन शास्त्रहरुले दर्शाइएका
अनेकौं नीति शास्त्रहरुले निर्देशित गरिएका
जन्म दिने माता पिता र गुरुहरुले देखाएका
बाटोमा म एक बटुवा निरन्तर हिँडिरहन्छु ।१।
गीता ज्ञानको सदुपयोग गर्नको लागि
सम्पादित कार्यको फलको आशा नराखी
कसैले दिएको जस–अपजसलाई पर्वाह नगरी
स्वान्त, सुखायको लागि म एक यात्री, हिँडिरहन्छु ।२।
अनाथ, असहाय कोहि कसैलाई अन्याय नहोस्
न्याय मन्दिरका न्याय मूर्तिहरु विवेकशील होऊन्
यो इन्दुल आफ्नो इच्छा केवल मनमा राखी
एक बटुवा भई सधैँ सत्य बाटोमा यात्रा गरिरहन्छु ।३।
जीवन एक यात्रा हो, यो यात्रा चलिरहन्छ ।
+++
२०८०÷५÷१६ गते