भक्तपुर काण्ड !
भदौ ९, २०८०, शनिबार | विहान ०८:५६ बजे | 75
रामकृष्ण प्रजापति
प्रकृति असन्तुलन बनाएर
मचायौं भन्ठानेका थियौं
भुकम्पबाट बाँचेर आयो ।
पक्षपाती राहत बनाएर
दियौं भन्ठानेका थियौं
जनताको उभार आयो ।
मोहि निखन्नेर
दियौं दुख भन्ठानेका थियौं
भर्पाईं आन्दोलनले मोहियानी बचायो ।
शिक्षाबाट बिमुख गराएर
भयौं निरक्षर भन्ठानेका थियौं
प्रौढ कक्षाबाट क्रान्तिकारी बनायो ।
चुनावमा आएर
पस्यौं पञ्चायतमा भन्ठानेका थियौं
लेनिनवादी भएर आयो ।
धोकोबाज भएर
भयौं रापस भन्ठानेका थियौं
बलिको बोको बनायो ।
समुल नष्ट गर्ने भनेर
रच्यौं भक्तपुर काण्ड भन्ठानेका थियौँ
क्रान्तिकारी भएर आयो ।
मण्डले भएर
गार्यौं दमन भन्ठानेका थियौं
वैचारिकताले शाहसीएर आयो ।
प्रहरी भएर
दियौं यातना भन्ठानेका थियौं
इस्पात भएर आयो ।
फाँसी मागेर
डरायौं भन्ठानेका थियौं
पञ्चहरु नाङ्गिगयो ।
शनिवार सर्जमिन बकाएर
माग्यौं जन्मकैद भन्ठानेका थियौं
महिलाहरुलाई संघर्षशील बनायो ।
षडयन्त्र बुनेर
नाष्यौं भन्ठानेका थियौं
निरंकुशता तोडेर आयो ।
षडयन्त्रकारी भएर
मेट्यौं इतिहासको पाना भन्ठानेका थियौं
पञ्चायतलाई निमिट्यान्न पा¥यो ।
धन्यवाद !