ख्वप कलेजकी सुलू त्रिवि सेकेण्ड टपर हुन सफल

भदौ ८, २०८०, शुक्रबार | विहान ०८:५८ बजे | 45

ख्वप कलेजकी सुलू त्रिवि सेकेण्ड टपर हुन सफल

भक्तपुर । ख्वप कलेज देकोचा भक्तपुरकी एकजना विद्यार्थी त्रिभुवन विश्वविद्यालय सेकेण्ड टपर हुन सफल भएकी छिन् । कलेजमा वीवीएम चौथौ समेष्टरको परीक्षाफलमा ऋतु सुलू त्रिवि सेकेण्ट टपर हुन सफल भएकी हुन् । उनको जिपिए ३.९८ रहेको छ । उनी कलेजको पनि टपर रहेको कलेजले जनाएको छ ।  
कलेजको समग्र विद्यार्थीको परिणाम पनि उत्कृष्ट रहेको कलेजले जनाएको छ । कुल ९२ प्रतिशत विद्यार्थी उतीर्ण भएको जनाइएको छ । २० जना भेरी गुड, १० जना फष्ट डिभिजन र पाँंच जना सेकेण्ड डिभिजनमा पास भएको कलेजले जनाएको छ । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित यस कलेजले समयसमयमा त्रिवि टपर विद्यार्थी निकाल्न सफल हुँदै आएको छ । 

फाेटाेमा हेर्नुहाेस्...

ख्वप कलेजकी सुलू त्रिवि सेकेण्ड टपर हुन सफल
ख्वप कलेजकी सुलू त्रिवि सेकेण्ड टपर हुन सफल

Comments