प्रेम सुवालको चुनाव खर्च १० हजार मात्र ?
भदौ ६, २०८०, बुधबार | विहान ०७:३२ बजे | 25
१० हजारमा चुनाब जिताउने ख्वप मोडल
देशको हितमा छ कि छैन ❓️चिन्तन मनन गरौं।✴️
भक्तपुर क्षेत्र न.१ को उमेरदार माननीय प्रेम सुवाल लाई चुनाब जित्न १० हजार खर्च लाग्यो, वहाँको पार्टी नेमकिपाले नेपाली मौलिकतामा समाजबादी परियोजना अन्तरगत भक्तपुर नगरपालिकामा ख्वप मोडेल नमुना रुपमा बिकास गरेको छ।
ताप्लेजुङ बाट माननीय योगेश भट्टराई लाई चुनाब जित्न ३ करोड भन्दा माथी नै खर्च लाग्यो, खर्चको हिसाबले वहाँको पार्टी नेकपा एमाले जबज अर्थात नवउदार पुँजीबादी लाईन र चरित्र बाट अभिप्ररित र प्रायोजित देखिन्छ। जबज मोडल अर्थात नवउदारबादी चरित्रको थुप्रै मदन भण्डारी फावनडेसनहरु बाट संचालित स्कुल कलेजहरु देशभर प्रयाप्त छ।
अझ नेपाली काङ्ग्रेसको माननीय गगन थापाको चुनाबी खर्च र नेपाली काङ्ग्रेसको नेताहरुले खोलेको स्कुल कलेज देशभर प्रयाप्त छ, यसैले दिएको शिक्षा र पारेको असर आफै बोल्न थालेको छ।त्यसकारण एमाले काङ्ग्रेसमा सैद्धान्तिक रुपमा केही भिन्नता छैन।
त्यसकारण जबज÷बिपीको समाजबादी मोडेल टोल टोलमा हेरिसक्यौं। १० हजारमा चुनाब जित्ने हो भने सचेत देशभक्त राजनितीक कर्मीहरु ख्वप मोडल अध्यान गर्न देशभर बाट पुग्नै पर्छ भक्तपुर नगरपालिका ।
–किरात मोर्चा
(सामाजिक सञ्जलबाट जस्ताको तस्तै)