सम्बन्ध


भदौ ४, २०८०, सोमबार | विहान ०६:५८ बजे | 70


सम्बन्ध

डा इन्दुल केसी 

प्रत्येक दिन झिसमिसेमै
एक आपसमा छुटिन्छन्
हस्याङ्–फस्याङ् पसिना पुछ्दै
युवती कार्यालयमा पुग्छे
युवक सडक नापि डुलिरहन्छ ।

थकित भई साँझमा
दुवै आफ्नो डेरामा फर्कन्छन्
एउटै साझा थालमा
स्वाद लिई–लिई खाना खान्छन्
एउटै खातमा प्रेमालाभ गरी 
आनन्द सँग रात बिताउँछन् ।

प्रकृतिको नियम, मौसम परिवर्तन हुन्छ
आकाशमा कालो बादल मदारिन्छ
हावाहुरी, चट्याङ् पर्छ झरी वर्षा हुन्छ 
लिभिङ् टुगेदरमा पहिरो जान्छ ।

पूराना साथी त्यागेर अलगिन्छ
नयाँ जीवन साथीको मिलन हुन्छ 
मिलन र विछोदको यस्तै यो संसार रहेछ
दुईचार दिनको जवानी रहेछ
आफन्त नाता–गोता, जोडिन्छ टुटिन्छ
संसारको सम्बन्ध यस्तै रहेछ ।
           +++
२०८०÷५÷३ गते

Comments

ताजा खबर