विनायकमा २ दिने SQC तालिम
भदौ २, २०८०, शनिबार | दिउँसो ०२:०७ बजे | 30
मध्यपुर ठिमी, भक्तपुर विद्यार्थीहरुलाई आजको युग सुहाउँदो स्तरीय, वैज्ञानिक र प्रगतिशील शिक्षा प्रदान गर्नुपर्छ र आत्मनिर्भर, दक्ष र स्वावलम्वी नागरिक बनाउन पर्दछ भन्ने उद्देश्यका साथ विनायक शिक्षा निकेतन ई. स्कुलमा तालिम कार्यक्रमको आयोजना गरियो। Quest Nepal मधयपुर हव को आयोजना र 4S Eduational Nepal तथा विनायक शिक्षा निकेतनको संयुक्त व्यवस्थापनमा भक्तपुर तथा काठमाडौँ जिल्लाका विभिन्न विद्यालयका २५ जना शिक्षक-शिक्षिकाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा Quest Nepal का महासचिव सिंहबहादुर लामा र Master Trainner रोशन थापा मगर प्रशिक्षकका रूपमा रहनु भएको थियो। मध्यपुर हवका संयोजक, सोमकृष्ण प्रजापति, मास्टर ट्रेनर प्रेम प्रसाद निरौला र मास्टर ट्रेनर कृष्णहरि श्रेष्ठको व्यवस्थापन तथा सहजकर्ताहरु सध्या झा . सरु श्रेष्ठ, गीता प्रजापति र यमुना प्रजापति रहेको उक्त कार्यक्रममा विनायक शिक्षा निकेतनका प्रिन्सपल सुरेन्द्रविक्रम प्रजापतिले शुभकामनाका शब्दहरू राख्दै तालिम उत्कृष्ट बनोस् र सिकेका कुराहरु, शैक्षिक गुणस्तरीयता कायम गर्न हरेक विद्यालय सफल रहोस तथा आधुनिक, गुणस्तरीय र प्रगतिशील शिक्षा प्राप्त गर्दै हरेक विद्यार्थी विश्व नागरिक बन्न सकून् भनी शुभकामना दिनुभयो । कार्यक्रममा Quest Nepal का सदस्य मिना महर्जन , प्रशिक्षकद्वय सिंह लामा र रोशन थापाले sqc को Theme अनुसार विद्यार्थीहरुलाई समस्या पहिचान गर्न लगाई त्यसको समाधानका लागि विभिन्न सीप र Sqc Tools प्रयोग गर्दै ज्ञान सिकाउनु पर्ने, समूहमा विभिन्न समस्या समाधानमा जोड दिने विधि र पद्धति सिकाउनु भयो ।
फाेटाेमा हेर्नुहाेस्...