भक्तपुरको एभरेष्ट स्कुलका विद्यार्थीले भने ः सडक कुकुरहरुलाई नपिटौं


साउन ३१, २०८०, बुधबार | दिउँसो १२:२९ बजे | 35


भक्तपुरको एभरेष्ट स्कुलका विद्यार्थीले भने ः सडक कुकुरहरुलाई नपिटौं

भक्तपुर । भक्तपुरको मिवाछें व्यासीस्थित एभरेष्ट स्कुलका ससाना विद्यार्थीहरुले सडकमा छाडा कुकुरहरुलाई नकुटन याचना गरेका छन् । अंग्रेजी भाषामा ससाना विद्यार्थीहरु सामूहिक रुपमा सवैसँग आह्वान गर्दै थिए, ‘बरु सकिन्छ भने हेरचाह गरौं, माया गरौ ।’ स्कुले विद्यार्थीहरु सडकमा छाडा कुकुरहरुको पक्षमा वकालत गर्दै थिए । 
स्कुलले गरेको मिट दी अथर (काठमाडौको सडकको एक कुकुरबारे लेखिएको पुस्तक ‘साथी’ र त्यसकी लेखिका जुलु प्याले) सँंग गरेको अन्तरक्रियामा विद्यार्थीले कुकुर पनि जीवित प्राणी भएकोले उसमाथि अन्याय नगर्न अनुरोध गरे । विशेष गरेर सडक तथा गल्लीका झुत्रेझात्रे फोहोर कुकुरहरु आएपछि धेरैले कुटने पिटने गरेको भन्दै त्यस्ता कुकुरहरुमाथि दया गरिदिन अनुरोध गरे । 
कार्यक्रममा आयोजक स्कुलका साथै जिल्लाका पाँंच वटा सामुदायिक विद्यालयका विद्यार्थीहरु तथा उनका शिक्षकहरु सहभागी थिए । जिल्लास्थित मेधा मावि तेखापुखू, गणेश मावि भार्वाचो, बासु मावि कालिघाट, फैढोका आधारभूत विद्यालय फैढोका, बालभूषण आधारभूत विद्यालय भक्तपुरका विद्यार्थी शिक्षक सहभागी भएका थिए । 
कार्यक्रममा आयोजक स्कुलका कक्षा ४,५,६,७,८,१० का झण्डै दुई दर्जन विद्यार्थीले सडक कुकुरहरुबारे वकालत गरेका थिए । समूह समूहमा विभाजित भई कसैले स्कुल रहेको मिवाछेंमा रहेका छाडा कुुकुरहरुको अवस्था, कसैले स्कुलले संरक्षणमा राखेको दुई वटा सडक कुकुरहरु सहारा र जुलीकोबारेमा बोलेका थिए । साथै कसैले सडक कुकुरहरुको अध्ययन गरी त्यसको अवस्थालगायतका विषयमा बोलेका थिए । 
काठमाडौको सडकको एक कुकुरबारे लेखिएको पुस्तक ‘साथी’ र त्यसकी लेखिका जुलु प्याले अमेरिकी लेखिका तथा पुश अधिकारकर्मी हुन् । उनले कुकुरको अधिकारमा केन्द्रित गरेर सत्य घटनामा आधारित भएर लेखेको अंग्रेजी र नेपाली दुईवटै भाषामा रहेको पुस्तक ‘साथी’ पशु अधिकारकर्मी र स्कुले विद्यार्थीहरुवीच चर्चित छ । यो पुस्तक काठमाडौंको सडक तथा गल्लीहरुमा जीवन विताउने एक सडकको कुकुरको सत्य घटनामा आधारित कथा हो । कार्यक्रममा उनले भनिन्, ‘जुलाई २०२० मा सोनाम याङगजोमनले सधैझै सडकका कुकुरहरलाई खाना खुवाउने क्रममा एकदिन तिनीहरुमध्ये एउटा कुकुर घाइते भेटनुहुन्छ, जसलाई आफनो घर वरिपरि घुमिरहयो भन्ने रिसले एक महिलाले उम्लिरहेको पानीले त्यस कुकुरको ढाडमा छयापेर घाइते बनाएकी थिइन् ।’
त्यही कुकुरमाथि लेखिएको सत्य घटनामा आधारित पुस्तक साथी रहेको उनले सुनाइन् । कार्यक्रममा विद्यार्थीले लेखिका जुलीसँंग अन्तरक्रिया गरेका थिए । उनीहरुले त्यस कुकुरको अवस्थाबारे जानकारी लिएका थिए । उतरमा जुलीले अहिले त्यो कुकुर क्यानडामा खुशीसाथ रहेको सुनाइन् । उनका अनुसार त्यो कुकुरलाई एकजनाले एडप्त (पालनपोषण) गरिराखेको छ । 
कार्यक्रममा आयोजक स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले विद्यालयका छात्रछात्राहरुसँंग लेखक कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष स्कुलले यस्तो कार्यक्रम गर्दै आएको जनाए । 
कार्यक्रममा स्कुलका एकेडेमिक कोअर्डिनेटर संगीता किवाछेंले कार्यक्रम दुईदिन चल्ने बताए । विद्यार्थीमा पुस्तक अध्ययनको वानी वसाउन स्कुलले यस्ता कार्यक्रमहरु गर्दै आएको उनले जनाइन् । 

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरको एभरेष्ट स्कुलका विद्यार्थीले भने ः सडक कुकुरहरुलाई नपिटौं
भक्तपुरको एभरेष्ट स्कुलका विद्यार्थीले भने ः सडक कुकुरहरुलाई नपिटौं
भक्तपुरको एभरेष्ट स्कुलका विद्यार्थीले भने ः सडक कुकुरहरुलाई नपिटौं

Comments