७९ वर्षमा १२ कक्षा पास ः बधाई यी आमालाई
साउन ३१, २०८०, बुधबार | विहान १०:२९ बजे | 25
नविना श्रेष्ठ
काठमाडौं । ७९ बर्षिय रत्नकुमारी सुनुवारले कक्षा १२ पास गरेकी छिन् ।
युवापुस्ताहरुलाई पढ्नका लागि मनोबल बृद्धि गराउनको लागि आफुले पढ्न थालेको उनले बताइन् ।
बुधबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको रिजल्टमा उनले २.६४ जिपिए ल्याएर उत्तीर्ण भएका छन् ।
छोराछोरीलाई हुर्काउदा आफ्ना पढाई रोकिएको र अहिले पढ्न मन लागेर सुरुवात गरेको उनले बताएका छन् ।