अभिभावक भेलामार्फत् बिधालय ब्यबस्थापन समिति गठनको माग
साउन २९, २०८०, सोमबार | दिउँसो १२:०९ बजे | 25
भक्तपुर । प्रस्तावित बिधालय शिक्षा ऐन २०८० मा प्रस्तावित बिषयप्रती सामुदायिक बिधालय ब्यबस्थापन समिती महासंघ नेपालले आपत्ति जनाउँदै ७७ जिल्लाका जिल्ला प्रशासन कार्यलय र शिक्षा सम्न्वय ईकाई कार्यलयमा आइतबार ज्ञापनपत्र बुझाएको छ । मस्यौदामा समेटिएका वडाअध्यक्षलाई बिधालय ब्यबस्थापन समितिले नितृत्व दिने विषयमा महासंघले आपत्ती जनाएको छ ।
यसैगरी भक्तपुर जिल्ला शाखाले पनि प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल र शिक्षा बिकास तथा सम्म्न्व ईकाई प्रमुख रमेश प्रसाद मैनालीलाई ज्ञापनपत्र बुझाउदै मास्यौदामा समेटिएको विभिन्न बिषय संसोधन गर्न समेत माग गरिएको छ । महासंघका केन्द्रीय सदस्य संगम लामाले सामुदायिक बिधालयको नेतृत्व वडा अध्यक्षहरुको हातमा दिन नहुने बताए ।
ज्ञापनपत्रमा महासंघले ५ बुदे माग अघि सारेको छ । जसमा समुदायको स्वामित्व र अगुवाइमा संचालन हुने बिधालय सामु हो, संघीय शिक्षा ऐनमा सामुदायिक बिधालय लेखियोस, बिधालय ब्यबस् समितिको् नेतृत्व अभिभावक हुनुपर्छ, अभिभावक भेलामार्फत बिधालय ब्यस्थापन समिती गठनकाे प्रबन्ध राखियोस, जनप्रतिनिधि प्रधानाध्यापकको जस्तै बिधालय ब्यस्थापन समितिको पदावधि ५ बर्ष कायम गरियोस, खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छ्नौट गर्दा बिधालय ब्य्बस्थापन समितिको निर्णायक सहाभगिता रहने ब्यबस्था गरियोस, सामुदायिक बिधालय संचालन, ब्यस्थापन र सुधारमा स्वयंसेवि रूपमा क्रियाशिल बिधालय ब्यस्थापन समितिहरुको राष्ट्रिय छाता संठन सामुदायिक बिधालय ब्यबस्थापन समिती महासंघ नेपालको भुमिकालाई संघीय शिक्षा ऐनमा ब्यबस्था गरियोस् भन्ने माग ज्ञापनपत्र मार्फत माग अघि सारेको छ ।
फाेटाेमा हेर्नुहाेस्...