अनलाइन कक्षा, शुल्क, अनि कलेज


असोज ९, २०७७, शुक्रबार | विहान ०२:०६ बजे | 15


कबिन श्रेष्ठ
अनलान कक्षा संचालन तथा भर्ना खुलेसंगसँगै अनलाइन कक्षा पढाउन थालेको छ । अब शैक्षिक संस्था स्कुल तथा कलेजहरुले पनि न्यु नरमल अपनाइ अनलाइन कक्षा सञ्चालनमा ल्याईसकेको छ । तर प्रश्न कहाँ उठ्छ भने अनलान कक्षा नै राम्रो प्रभावकारी नभई रहेको बेला अनलाइन परिक्षातिर लागिंदे छ । जुन विद्यार्थी अनलाइन कक्षा लिन पनि सकेको छैनन उनीहरुको लागि चाहि के त ? अनि सबै भन्दा ठूलो समस्या काम नपाएर दिनको छ्क टारन गहारो परिरहेकोहरु के अब पढाईबाट बन्चित हुनुपर्ने हो त ? जसोतसो डाटा तथा इन्टरनेट प्रयोग गरेर पढिरहेकोलाई पनि कलेज तथा स्कूलहरुको शुल्कले पिरोलिरहेको छ ।
अनलाइन कक्षा त्यस्तो प्रभावकारी नभई रहेको बेलामा कोभिड १९को कारणले आर्थिक अवस्था अप्ठायोरो परिरहेको बेला नयां शैक्षिक सत्र सुर गर्ने टिचरलाई तलव दिने निहुंमा सहरका केही कलेज तथा स्कुलले फुल फि मागेको पाइएको छ ।
कक्षाको केही उपकरण तथा कलेज नै नगई कसरी फूल फि तिर्ने ? यस्तो अवस्थामा कलेज तथा स्कुलले पनि बुझुन पर्ने हो । हो, कलेजलाई पनि समस्या छ । अनलाइन कक्षाबाट भएनी पढाइरहेको छ । तर यसरी फि उठान्नु ठिक देखिएन ।
कलेजलाई समस्याको बारेमा भन्दा जवाफमा पहिले तोकिएको अनुसार नै फि लिएको भन्ने भनाइ छ । तर पहिला कसलाई थाहा थियो र यस्तो डरलाग्दो परिस्थित आउंछ भनेर । साथै विद्यार्थिले न कलेजको केही सुविधा नै प्रयोग गरेको छ, न अनलाइन कक्षा आफ्नै इन्टरनेटको प्रयोगबाट बसेको छ । कतिपयको त भनाइ के छ .भने शिक्षकले पढाएको टिउसन फि मात्र लिनुपर्ने भनिएको छ ।. त्यसैले स्कुल तथा कलेजलाई मेरो विनम्र अनुरोध गर्दछ कि फिमा आधा जति छुट गरी जुन शिक्षक हुनुहुन्छ, जसले इन्टरनेट सुविधा नहुदा रखेर भए पनि शिक्षा दिइराख्नु भएको छ उहांले चाहिं जति पाईराख्नु भएको हो त्यति पायोस । साथै सरकारले पनि यस विषयमा ध्यानाकर्षण जाओस र फि कति उठाउन पाउने सम्बन्ध केही नियम लयाइयोस ।

Comments