वडाध्यक्ष वा वडा सदस्यलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउन नहुने
साउन २६, २०८०, शुक्रबार | साँझ ०४:१७ बजे | 45
काठमाडौँ — सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले वडाध्यक्ष वा वडा सदस्यलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउन नहुने माग अघि सारेका छन् ।
मन्त्रिपरिषद्मा विचराधीन विधेयकमा वडाध्यक्ष वा निजले तोकेको वडा सदस्य विद्यालयको अध्यक्ष हुने व्यवस्था गरिएको छ । व्यवस्थापन समिति महासंघले शुक्रबार पत्रकार सम्मलेन गरेर अभिभावकलाई नै अध्यक्ष बनाउनु पर्ने माग अघि सारेको हो ।
शिक्षक महासंघले पनि अभिभावकबाटै वडाध्यक्ष चयन हुने व्यवस्था गरिनुनपर्ने धारणा राखेको छ । व्यवस्थापन समिति महासंघका अध्यक्ष गुणराज मुक्तानले अभिभावक भेलामार्फत अध्यक्ष चुनिनुपर्ने बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्षको कार्यकाल ५ वर्षे हुने र विद्यालयमा प्रधानाध्यापक नियुक्ति गर्दा समितिको निर्णायक भूमिका हुनु पर्ने बताए ।
फाेटाेमा हेर्नुहाेस्...