विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अलोकतान्त्रिक
साउन २६, २०८०, शुक्रबार | दिउँसो ०३:४९ बजे | 85
भक्तपुर, २६ साउन । अभिभावक संघ नेपाल जिल्ला कार्य समितिको आयोजनामा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकबारे अन्तरक्रिया राष्ट्रिय अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीको प्रमुख आतिथ्यतामा कमलबिनायक पारागन एकेडेमीमा एक समारोहबीच शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि सुप्रभात भण्डारीले सरोकारवालाहरुसंग छलफल नै नगरी ल्याएको अलोकतान्त्रिक विधेयक भएको बताउँदै निजि विद्यालयका छाता संगठनहरुको संघसंस्था उल्लेख हुने तर सत्तरी असी लाख विद्यार्थीका अभिभावकहरुको संगठन उल्लेख नहुनु घोर आपत्तिजनक मात्रै होइन कालो विधेयक भएको बताउनुभयो । उहाँले शिक्षक, अभिभावक र विद्यालय महत्वपूर्ण पाटोको व्यवस्थापन र सम्बोधन नहुँदा निजिले विद्यालय नै बन्द गर्ने कुरा अभिभावकलाई मान्य नहुने बरु जायेज माग सम्बन्धि सरकारसंघ संघर्ष गर्न साथ दिने बताउनुभयो । उहाँले सरकारले निःशुल्क र अनिवार्य शिक्षा भनि धाँटेको बताउँदै प्रर्याप्त बजेट र पूर्वाधारका साथै शिक्षक दरबन्दी, प्रशासनिक कर्मचारी व्यवस्थापन नहुँदा अभिभावकहरुसंग सहयोग शुल्क उठाई रहेको बताउनुभयो । उहाँले नब्बे प्रतिशत निजि विद्यालय कम्पनीमा गई सकेको र १० प्रतिशतमा नब्बे प्रतिशन निजि गुठीमा रहेको बताउँदै निजि विद्यालयले आन्दोलन गर्दा प्रधानमन्त्रीले विधेयक सच्याउने भनेपछि निजि विद्यालय बन्द फिर्ता लिने जानकारी प्राप्त भएको बताउनुभयो । उहाँले दैनिक पँन्ध्रसय विद्यार्थी विदेशिने शिक्षा नीतिले २० बर्षमा नेपालको हालत के होला ? भनि सरकारसंग प्रतिप्रश्न गर्नुभयो । उहाँले ख्वप विश्व विद्यालय आवश्यकतालाई मध्ये नजर गरी सम्बन्धि सरोकारवालाहरुलाई अवगत गराउने बताउनुभयो । उहाँले नीति बनाउने ठाउँमा अभिभावकसंग सरोकारको विषयमा प्रतिनिधित्व आवश्यक भएकोले स्थानीय तहमा अभिभावक संघका प्रतिनिधिहरु प्रतिनिधित्वको लागि अनुरोध गर्नुभयो ।
कार्यक्रम नेपाल अभिभावक संघ नेपाल जिल्ला कार्यसमिति भक्तपुरका अध्यक्ष रामकृष्ण प्रजापतिले शिक्षा विधेयकबारे जानकारी लिने र सञ्चार माध्यमहरुमा निजि विद्यालय बन्दसम्मको आन्दोलन र शिक्षकहरु पनि विधेयकको विरोधको समाचारहरु आई रहेकोबारे संघ स्पष्ट हुन कार्यक्रम गरेको बताउनुभयो । उहाँले निजि विद्यालयहरु विद्यालयको नाममा कम व्याजमा बैंकमा ऋण लिई ऋण दुरुपयोग गरी अन्यत्रै कारोबारमा लगानी गरेकोले गुठीमा जान नचाहेको बारे सामाजिक सञ्जालमा आएको बारे समेत प्रष्ट हुनु पर्ने बताउनभुयो ।
कार्यक्रममा निर्वतमान अध्यक्ष मणिरत्न बज्राचार्य र सचिव आशराम सुवालले पनि बोल्नु भएको कार्यक्रममा उपाध्यक्ष महेन्द्र बखुन्छे, सह सचिव राजकुमार लघु, कोषाध्यक्ष कृष्णप्रसाद दुमरु, सदस्यहरु सान्ताराम दुलाल, राजाराम दाहाल, सिर्जना नापित, मैया महर्जन, धनश्याम खड्का, रमेश श्रेष्ठ, रामगोपाल भुजुले शिक्षा विधेयक बारे जिज्ञासा राखेको थियो ।
फाेटाेमा हेर्नुहाेस्...