भीम आदर्शमा समाज विकासको एक झलकको अध्ययन


साउन २५, २०८०, बिहीबार | दिउँसो ०२:१७ बजे | 25


भीम आदर्शमा समाज विकासको एक झलकको अध्ययन

भक्तपुर, साउन २५ । भीम आदर्श आधारभूत विद्यालयमा "समाज विकासको एक झलक" पुस्तकको अध्ययन गोष्ठी सम्पन्न भएको छ । उक्त कार्यक्रममा विद्यालयका प्रअ दीपक माकले पुँजीवादी समाजको विकास विषय माथि आफ्नो अध्ययनको प्रस्तुति दिँदै समाजमा सुरुमा सामूहिक भावनाले समाजको समृद्धि नै समाजवादको जग आदिम समाज मै विकास भएको बताउनुभयो । सोही कार्यक्रममा विद्यालयका शिक्षक पूजा दाहालले मजदुर वर्गको अवस्था र वर्गसंघर्ष शीर्षकमा सेन्ट साइमन, चाल्र्स फ्युरिए र रोबर्ट ओवेनको समाजवादी विचारलाई कार्लमाक्स, एङ्गेल्स तथा स्तालिनले व्यवहारिक रुपमा प्रयोगका लागि लडेको बताउँदै प्रस्तुति दिनुभयो । विद्यालयका शिक्षक सत्यराम कासिछ्वाले सामन्ती समाजको विषयमा दासहरुको श्रमशक्तिलाई उत्पादनमा वृद्धि गराउन जमिनका दासलाई उत्पादन गर्न नसक्ने समयमा निकाल्ने र विना ज्याला काम गराइने विचार प्रस्तुत गर्नुभयो । विद्यालयका सम्पूर्ण शिक्षकको सहभागिता रहेको सो कार्यक्रममा विद्यालयका शिक्षकहरु उर्मिला प्रजापतिले आदिम समाज, निरुता शाहीले मानिसको विकासक्रम तथा कञ्चन खातीले पृथ्वीको उत्पति सम्बन्धमा आआफ्नो प्रस्तुति दिनुभयो ।

Comments