भक्तपुरको नेक बन्यो देशभरकै तेश्रो सर्वाेत्कृष्ट इन्जिनियरिङ कलेज (हेर्नुहोस् सर्वाेत्कृष्ट अरु कलेजहरु पनि)
साउन २४, २०८०, बुधबार | दिउँसो ०३:२९ बजे | 35
काठमाडौं । भक्तपुरको चाँंगुनारायण नगरपालिका दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) देशभरकै सर्वाेत्कृष्ट तेश्रो इन्जिनियरिङ कलेज घोषित भएको छ । गैरनाफामुलक रुपमा सञ्चालित यो कलेज देशभरमा इन्जिनियरिङको अध्यापन हुने विभिन्न कलेजहरुमध्ये सर्वाेत्कृष्ट तेश्रो इन्जिनियरिङ कलेज हुन सफल भएको हो । सिभिल इन्जिनियरिङ पावर युट्युव च्यानलले सार्वजनिक गरे अनुसार यो कलेज सर्वाेत्कृष्ट तेश्रो इन्जिनियरिङ कलेज घोषित भएको हो ।
सार्वजनिक गरिए अनुसार काभ्रेको धुलिखेलस्थित काठमाडौ युनिभर्सिटी इन्जिनियरिङ कलेज पहिलो र त्रिवि पुल्चोक इन्जिनियरिङ क्याम्पस (आइओई) दोश्रो सर्वाेत्कृष्ट कलेज हुन् । चौथौ सर्वाेत्कृष्ट इन्जिनियरिङ कलेजमा कान्तिपुर इन्जिनियरिङ कलेज धापासी ललितपुर र पाँंचौ एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट ललितपुर कुपण्डोल रहेको छ ।