नेपालमा कोरोना भाइरस र यसको अवस्था
असोज ८, २०७७, बिहीबार | विहान ०९:४२ बजे | 25
सरिता स्याङ्बो
संसारमा विभिन्न किसिमको रोगहरुले मानिसलाई सताइरहन्छ । समयको विभिन्न कालखण्डमा थुप्रै किसिमका डरलाग्दा रोगहरु उत्पती हुदै आएका छन् । त्यसेैगरी एउटा नयाँ भाइरस कोरोना अर्थात किभिड १९ को उत्पति चीनको हुवइ सहरबाट भै अझैसम्म बिधामान छ ।
कोरोनाको भाइरस एउटा नयाँ प्रजातिले भाइस हो । जसले सामन्य रुघाखोकीदेखि स्वासप्रस्वास का पनि समस्या देखाउछ र मानिसको मुत्यु समेत भएको छ । अरु देशमा भन्दा नेपालमा स्रोत र साधनहरु निकै कम छ । नेपाल सानो देश भएता पनि यहाँको जनघन्त्व भने निकै बुद्धि भएको छ । त्यसैले नेपालमा कोरोना अर्थात् कोभिड (१९ ले उघ्र रुप लिएको छ ।
नेपालमा थुप्रै मानिसहरू कोरोनाको सिकार हुन पुगेको छन् । विशेषगरि कोरोना ससाना बालबालिका र बुद्ध अशक्त र रोगिहरुलाइ छिट्टै लाग्ने र मुत्यु समेत हुने रोग हो । नेपालमा हरेक ब्यक्ति शिक्षित छ्न भन्ने छैन । अशिक्षित मानिसहरुलाई कोरोना कसरी लाग्छ र त्यसबाट बच्ने समेत थाहा हुदैन । त्यसकारण नेपालमा कोरोनाको औषाधी छिट्टै बन्नु पर्यो । अनि मात्रै मानिसहरु कोरोनाको त्रासबाट बन्चित हुन सक्छन् । यो कुराप्रति स्वास्थ मन्त्रलय अलि चिन्तित हुनु प¥यौं ।
नेपालमा कोरोना अर्थात कोभिड १९ को माहामारिको कारणले गर्दा नेपाल सरकारले लकडाउन गरी जनताको आथिर्क स्थिति नै कमजोर बनाइदिएको छ । नेपालमा जनसंख्या निकै नै बढेकाले गर्दा बेरोजगारीको समस्या बढी भएको छ । दिनभरि कमाएर साझ्को कमाईले आफ्नो परिवार पाल्नुपर्ने निकै समस्या परिरहेको छ । यस्ता मजदुरहरुको निम्ति केही राहात संकलन गरिदिएमा उनीहरुको परिवारमा केही सहयोग भने पक्कै हुन्थ्यो ।