सांसद् प्रेम सुवालबाट कालीघाट पुस्तकालयको निरीक्षण


साउन २२, २०८०, सोमबार | विहान ०५:५० बजे | 40


सांसद् प्रेम सुवालबाट कालीघाट पुस्तकालयको निरीक्षण

भक्तपुर । नेपाज मजदुर किसान पार्टीका केन्द्रिय सचिव तथा माननीय सांसद प्रेम सुवालले सोमबार विहान कासन व्यासी स्थित  कालीघाट सत्तलमा रहेको कालीघाट पुस्तकालयको निरीक्षण गर्नुभयो । निरीक्षण पछि सम्पन्न छलफल तथा सल्लाह सुझाव संकलन कार्यक्रममा नेमकिपाका केन्द्रिय सचिव प्रेम सुवालले कालीघाट क्षेत्र  सांस्कृतिक सम्पदास्थल हो । मानव समाजको सभ्यता  विकास क्रममा मानिसले जान्ने बुझेपछि विभिन्न मठमन्दिर घाट निमार्ण गरियो । यसको संरक्षण र सम्बद्र्धनको लागि स्थानिय जागरुक हुन आबश्यक छ । गुठी जग्गा रेतानीको लागि सरकारले विधेयक ल्याउदा मथाधिसहरुको दवावमा आन्दोलन गराइयो  । सरकारलाई फिर्ता लिन बाध्य पारेको हो । सरकारले हरेक क्षेत्रमा आवासक्षेत्र मात्र घोषणा गरी कृषि क्षेत्र घोषणा गरियो परिणाम त काठमाण्डौमा हाल ६५ लाख जनता बसोबास गर्छन । सबै चिज अस्तव्यस्त छ । नेमकिपाले शिक्षा ,स्वास्थ्य  र विकास निर्माण देशका हरेक क्षेत्रमा पठाई सन्तुलित विकास गर्न सडक र संदनमा आवाज उठाएको चर्चा गर्दै सिहदरवारमा बसेका पार्टीहरुका कारण  देशमा बेथिति र भ्रक्ष्टाचार बढेका हो भन्नुभयो ।
उहाँले पुस्तकालयले दुइ चार सय बर्षको इतिहास बारे जानकारी दिन्छ मोवाइलले बर्तमान कुरामात्र जानकारी दिन्छ ।  मोवाइलमा सबै कुरा लामो समय सम्म सुरक्षित हुदैन । तसर्थ नयाँ पुस्तालाई पुस्तकालयमा गई अध्ययन गराउन सबै अभिभावकहरुले पहल गर्नु आजको आबश्यकता हो । बालबालिकाले धेरै मोवाइल चलाउँदा त्यसबाट निस्कने प्रकाश आँखामा परि आखामा समस्या आइरहेको चर्चा गर्दै  इतिहास  बुझन र अध्ययन गर्न पुस्तकालयको अति महत्व छ । कम्पयुटर लायपटप वा नयाँ नयाँ प्रविधिलाई समयमा प्रयोग गर्नपर्ने अन्यथा म्याद सिकिन्छ नया प्रविधि भित्रिन्छ   भन्नुभयो ।
  कालाीघाट सत्तल बारे चर्चा गर्दै सार्वजनिक सम्पत्रि बनाउन सजिलो तर संरक्षण गर्न गाह्रो छ  सार्वजनिक सत्तल  र कालीघाट पुस्तकालयलाई पनि आफ्नै घरको सम्पति जस्तै मानिसले माया गरी संरक्षण सम्वद्र्धन गर्न आवश्यक छ  यि कुरो नया पुस्तालाई हस्तान्तरण गर्न कालिाघाट पुस्तकालयले पहल गर्ने आशा प्रकट गर्नुभयो ।
    का. प्रेम सुवालले बेरोजगारीको कारण युवा पुस्ता विदेशीएको चर्चा गर्दै शैक्षिक जनशक्तिलाई स्वदेशमै रोजागारी सिर्जना गर्नुको सता सरकार कमिशन खाएर  पाशपोर्ट बेचे। नयाँ पुस्तालाई विदेश पठाउने नितीको नेमकिपाले बिरोध गरिहेको जानकारी दिनुभयो । 
उहाँले बर्तमान सरकारले ६५ अरव बजेट आफु खुशी खर्च गर्न  छुत्याएको चर्चा गर्दै अविश्वासको प्रस्ताव पाश गराउन मधेशी दल लगायत सत्तामा रहेका राजनैतिक दलले भाग लगाएको चर्चा गर्नेभयो ।
कायक्रममा भक्तपुर नगरपालिका वडा नं २ का वडाअध्यक्ष हरिप्रसाद बासुकलाले । मानव विकासमा पुस्तकालयको अति महत्व छ । कालीघाट पुस्तकालय विकास विस्तारमा भक्तपुर नगरपालिकाले निरन्तर सहयोग गरिरहने छ भन्नुभयो ।
कालीघाट पुस्तकालयका अध्यक्ष राजकुमार लघुको सभापतित्वमा सम्पन्न कार्यक्रममा कालीघाट संरक्षण समितिका सदस्य तथा बासुमाविका पुर्व प्रधानअध्यापक बालमुकुन्द बासुकला कालीघाट पुस्तकालयका सचिव लक्ष्मीनारायण सुवाल, स्थानिय गणेशप्रंसाद सुवाल,  गणेशराम थुसा कालीघाट पुस्तकालयका रत्नलाल कैटी , पुण्यराम बासुकला, सिद्धीप्रसाद बासुकला , राजाराम बासुकला, दिपक बासुकला , राजेश ब्यान्जू र बबी मैया लघुले पनि पुस्तकालयको आवश्यकता र महत्वमाथि प्रकाश पार्दै सल्लाह सुझाव दिनुभएको यियो ।

फाेटाेमा हेर्नुहाेस्...

सांसद् प्रेम सुवालबाट कालीघाट पुस्तकालयको निरीक्षण
सांसद् प्रेम सुवालबाट कालीघाट पुस्तकालयको निरीक्षण

Comments