बिनायकमा अभिमुखिकरण कार्यक्रम सम्पन्न
साउन २१, २०८०, आइतबार | विहान ०४:३५ बजे | 275
शैक्षिक सत्र २०८० मा नयाँ कक्षा ११ मा भर्ना हुनुभएका बिद्यार्थीहरूकाे सम्मानमा एक समाराेहबीच स्वागतम् तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवम् संस्कृतिविद् श्री गणेशराम लाछीकाे सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सहभागी सम्पूर्णलाई स्वागत गर्नुहुँदै संस्थापक प्रिन्सिपल श्री सुरेन्द्र बिक्रम प्रजापतिले बिद्यालयका बिबिध गतिविधि तथा याेजनाका बिषयवस्तुकाे जानकारी गराउँदै बिद्यार्थीहरूलाई उत्प्रेरित गर्नुभयो । बिद्यालयका शैक्षिक संयाेजक श्री शैलेन्द्र कुमार भट्टराईले राेचक ढंगले बिद्यार्थी प्राेफाइल प्रस्तुत गर्नुभएकाे साे कार्यक्रममा सहायक प्रिन्सिपल श्री प्रेम प्रसाद निराैलाले साहित्यिक प्रस्तुतिका साथ शिक्षक प्राेफाइल प्रस्तुत गर्नुभयो । त्यसैगरी, +2 संयाेजक एवम् परामर्शदाता श्री तुल्सीहरि प्रजापतिले बिद्यालयका नीति-नियमहरूकाे जानकारी गराउनुका साथै सम्पूर्ण नयाँ कक्षा ११ मा भर्ना हुनुभएका बिद्यार्थीहरूलाई शपथ ग्रहण गराउनुभयाे । कार्यक्रममा उदियमान गायिका श्री ईन्द्रकला राईले बेजाेड गीतहरू प्रस्तुत गरि सम्पूर्णलाई नचाउनुभयाे भने शिक्षक तथा बिद्यार्थीहरूले पनि बिबिध प्रतिभा प्रस्तुत गर्नुभयो ।
फाेटाेमा हेर्नुहाेस्...