अन्तिम सेप्टेम्बर ११ लेख अध्ययन गर्दा
असोज ७, २०७७, बुधबार | दिउँसो १२:४९ बजे | 70
रामकृष्ण प्रजापति
चिलीमा फासीवादको प्रतिरोध पुस्तक भित्रको अन्तिम सेप्टेम्बर ११ लेख एरिइल डोर्फम्यानको लेख नेपालीमा अनुवाद गरी पत्रकार समाजले प्रस्तुत गरेको थियो । यो लेख अमेरिकाको ट्वीन टावर र रक्षा मन्त्रालयमा सन् २००१ सेप्टेम्बर ११ मा आतङ्ककारी हमला भएपछि लेखकहरुले १९७३ सेप्टेम्बर ११ मा चिलीमा सेनाध्यक्ष पिनोचेले सैनिक कु गर्दाको दुर्दशा, विभत्स घटनाकोे आतङ्ककारी आतातायी स्मरणमा लेखेको देखिन्छ ।
सन् १८१७ मा स्पेनियाली उपनिवेशमा रहेको चिली अर्जेन्टिनाका मुक्ति सेनाले स्पेनियाली उपनिवेशवादीहरुसंग लड्यो र चिली स्वतन्त्र भयो । त्यसपछि अमेरिकी एकाधिकार पँुजी लगानी र ऋणले चिलीमा थिचोमिचो बढ्यो । त्यहाँ अमेरिकी साम्राज्यवाद विरोधी र समर्थक बीच विभाजित राजनीति थियो । क्रिश्चिना डेमोक्राटिक पार्टीका नेता राष्ट्रपति एडुआर्डो फ्रे मोटाल्वाले सैनिक शासन लागु गर्यो । त्यसको विरोध भएपछि १९७० सेप्टेम्बर ४ मा भएको चुनावमा पपुलर युनिटी दलका डा.साल्भाडोर एयेन्डे क्रिश्चियन डेमोक्रेटिक पार्टी र सेनाध्यक्ष जनरल पिनोचे रने सेनेडोरको समर्थनमा नोभेम्बर ३ मा राष्ट्रपति बने । सन् १९७३ सेप्टेम्बर ११ का दिन सेनाध्यक्ष पिनोचेले अमेरिकी सिआईएको निर्देशनमा सैनिक विद्रोह गरेर राष्ट्रपति एयेन्डेको हत्या गरेर आपूm राष्ट्रपति बने । तर एयेन्डेले अन्तिम दमसम्म लडाई लडेर सहिद भए । पुँजीवादी व्यवस्थामा चुनावी बहुमतबाट कम्युनिष्ट वा वामपन्थी पार्टीले समाजवादी सत्ता स्थापना र त्यो व्यवस्था अनुसार कार्य गर्न दिन्छ कि दिन्दैन भने बहसमा चिलीको उदाहरणले प्रष्ट पारेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय पुँजीपति वर्गको स्वार्थमा बाधा नपु¥याएसम्म, हानी पु¥याउने निर्णय नगरेसम्म सत्तामा तिकाई राख्छ जब स्थार्थमा हानी पु¥याए पछि सरकारको बदनाम, चुनावमा पराजय, सत्ताविप्लबबाट सत्ताच्युतसम्म हुन सक्ने इतिहास चिली लगायत धेरै देशमा छ । पुँजीपति वर्गलाई कम्युनिष्ट वा वामपन्थी शब्दमा कुनै ठूलो समस्या छैन । नाम अनुसारको आचारण उत्पादनका साधनहरु राष्ट्रिय करण, जमिन जोत्नेको, शोषण विरुद्धको अधिकार, सम्पतिमा सीमा, विदेशमा सम्पति राख्न नपाउने ऐन कानुन बनाइए पुँजीपति वर्गको ‘स्वर्ग’ वा नाफामा धावा बोलेपछि चिली लगायत इन्डोनेशिया र भारतको केरलाको इतिहास रहेकोले शान्तिपूर्ण ढंगबाट शासनसत्ता पुग्ने दिवास्वप्न माक्र्सवादको खोटा विचार भएको र सशस्त्र संघर्ष बिना सत्ता कब्जा गर्न नसक्ने उदाहरणको रुपमा चिलीको इतिहासले देखाएको छ । फासीवादी संयुक्त राज्य अमेरिकाको मुनरो सिद्धान्तले दक्षिण अमेरिकी महादेशको देशहरु आफ्नो आँगन ठान्थे । त्यसैले कम्युनिष्ट वा बामपन्थी नेता साल्भाडोर एयेन्डेलाई अमेरिकी सिआईए गुप्तचरको निर्देशनमा सैनिक कुबाट हत्या गरेको थियो । त्यसैले चिली घटनाले क्रान्ति विना शान्ति नआउने भएकोले जनताले मात्र क्रान्ति गर्न असम्भव छ, हतियार पनि आवश्यक छ । हतियारले मात्र क्रान्ति हुन असम्भव छ जनता पनि आवश्यक छ ।
सन २००१ सेप्टेम्बर ११ मंगलबारको दिन विश्वको पहिलो शक्तिशाली देश अमेरिका विरुद्ध तेश्रो विश्वयुद्धको संज्ञा दिएको आतङ्कवादी हमला समस्त मानव जातिले भोग्नुपर्यो । यसले विश्वको इतिहास बदल्ने दिनको रुपमा स्मरण गर्दा २८ बर्ष अगाडि चिलीमा भएको सैनिक विद्रोह बीच तुलना र संयोगभित्र लुकेको अर्थ बुझ्न र निकाल्न गगनचुम्बी भवनबाट खस्दै गरेको मानिसले आफ्नो मृत्यु अगाडि देखिरहेको र एयेन्डे समर्थकले युद्ध गर्दा मृत्युको मुखमा संघर्ष गरेको यादगार भएको थियो । पर्ल हार्बरमा ‘बेइमानीको दिन’ भएको हमला एक दिन मात्र भएको थियो भने फासीवादी अमेरिकाले विश्वलाई त्यसरी नै ध्वस्त गरीरहेकोले अमेरिकी जनताले भोग्नु परेको असह्य पीडाबीच यदि यो समयलाई आत्मसमिक्षा र आत्मज्ञान प्राप्तिको अवसरको रुपमा नलिए फेरी फेरी पनि यो घटना दोहोरिने र यस्तो दुःख आपूmलाई मात्र परेको होइन भनि हृदयङ्गन गर्नु पर्ने हो । कसैको शिकार हुनु भनेको के हो ? भने कुरा बुझाउन अमेरिकामा भएको हमलाले सिक्नु पर्ने र चिलीमा न श्वास न लास हुने गरी आफ्ना प्रियजनलाई बेपत्ता बनाएपछिको नर्कमा बस्नुको दुःख कस्तो हुन्छ ? धेरै मानिस र देशले भोगेको त्यो पीडा के अब अमेरिकी जनताले भित्रबाट महसुस गर्नेछन् ? आतङ्कवादीहरुले राक्षसी रुपमा एक्लाएको अमेरिकी आक्रामकता र हस्तक्षेपको शिकार बनाईएका बाँकी संसारका धेरै देश र जनता यो राक्षसीकरण मान्न तयार छैनन् । यस्तो विपत्तिबाट जोगिएर बनेका अमेरिका मानवता जिर्णोद्धार गर्ने कष्टसाध्य कार्यमा सहभागी होला नहोला हेर्न बाकी रहेको र सबै मिलेर एउटा यस्तो संसारको रचना गर्न सक्नेछौं जहाँ कुनै सेप्टेम्बर ११ को भय हुनेछैन । त्यो आर्दश समाज बनाउने अभिभारा अमेरिकी जनताको पनि रहेकोले अमेरिकी जनता उठ्नु पर्ने वा अमेरिकीहरुले पनि संसारका जनताको दुःख कष्ट बुझ्नु पर्ने लेखको सार रहेको छ साथै विश्वमा आतङ्कक फैलनुमा अमेरिका दोषी रहेकोले विश्व शान्तिको लागि अमेरिकी जनाताको अह्म भूमिका रहेको छ । नत्र यस्तो सेप्टेम्बर ११ संसारमा बरोबर दोहोरिरहने छन् । अहिले पनि अमेरिकी ट्रम्प प्रशासन फासीवादी नीतिमा नै अगाडि बढी रहेको कुरा चीनको हङकङ मामिलामा हस्तक्षेप, इरान, क्युवा, प्रजग कोरियामा नाकाबन्दी र युनेस्कोबाट अलगिनु, कोरोना भाइरसका कारण बिश्व स्वास्थ्य संगठनबाट हात झिक्नु, विश्व बातारण जोगाउने जलबायु परिवर्तनबाट अलग हुँदै अमेरिका एक्लिदैँछ । त्यसैले शान्तिकामी अमेरिकी जनताले ट्रम्प विरुद्ध आवाज उठाउने बेला आएको छ । नत्र पछि पछुताउनु पर्ने छ । धन्यवाद !