भोलिबाट ख्वप मावि २५ औं वर्षमा ः स्थापनाको अवसरमा भव्य स्वागत
साउन १५, २०८०, सोमबार | दिउँसो ०१:२४ बजे | 35
भक्तपुर । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप माध्यमिक विद्यालय भोलि मंगलबारदेखि २५ औं वर्षमा प्रवेश गर्ने भएको छ । २०५६ साउन १६ गते भोलिकै दिनमा ख्वप मावि स्थापना भएको थियो ।
२०५४ सालको स्थानीय निकायको निर्वाचनपछि २०५६ सालमा पहिलो पटक ख्वप मावि (उहिलेको ख्वप उच्च मावि) सञ्चालनमा आएको थियो । २०५४ सालको स्थानीय निकाय भक्तपुर नगरपालिकाको निर्वाचनमा उम्मेदबार बनेका नेपाल मजदुर किसान पार्टीको घोषणापत्रमा तत्कालिन समयमा भक्तपुरमा एक घर एक स्नातक बनाउने अभियानका लागि नगरपालिकाबाट आफनै कलेज सञ्चालन गर्ने उल्लेख थियो । पछि सोही पार्टीकातर्फबाट प्रेम सुवाल नगर प्रमुखमा विजयी भएपछि २०५६ सालदेखि यो मावि सञ्चालनमा आएको थियो । त्यसपछि निरनतर ख्वप कलेज र ख्वप इन्जिनियरिङ कलेज २०५८ सालमा हुँंदै नगरपालिकाबाट अहिले आठ वटा शैक्षिक संस्थाहरु सञ्चालनमा छन् ।
यसैवीच ख्वप मावि स्थापनाको २५ औं वर्ष प्रवेशको अवसरमा भोलि मंगलबार स्वागत तथा अभिमुखरीकरण कार्यक्रम हुने भएको छ । कार्यक्रम विहान १० बजे माविकै प्रांगन देकोचा भक्तपुरमा हुने जनाइएको छ ।
कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम गर्न लागेको हो ।
माविले राखेको तथ्यांक अनुसार यस वर्षमा यस माविमा झण्डै दुई हजार विद्यार्थी भर्ना भएका छन् । देशभरका ७७ मध्ये ६५ जिल्लाका विद्यार्थी भर्ना भएको माविले जनाएको छ ।
यो वर्ष कक्षा ११ मा कुल एक हजार नौ सय १६ जना विद्यार्थी भर्ना भएको तथ्यांक सार्वजनिक भएको छ । त्यसमध्ये विज्ञानमा सात सय ५८, व्यवस्थापनमा नौ सय ९१, मानविकीमा ९५, कानुनमा ४९ र शिक्षामा २३ जना विद्यार्थी भर्ना भएको जनाइएको छ ।
फाेटाेमा हेर्नुहाेस्...