रात्री भोज


साउन ९, २०८०, मङ्गलबार | विहान ०५:०५ बजे | 45


रात्री भोज

डा इन्दुल केसी
साल तमामीको आखिरी दिन
२०८० सालको आषाढ मसान्त ।


आज रातको रात्री भोज
बाजेको नामुद सेकुवा घरमा ।


विभिन्न व्यञ्जन परिकार
जिब्रोले लिन्छ थरिथरिका स्वाद !


कोल्ड ड्रिंक्स, हट ड्रिंक्स
रक्सी, वियरका गिलासहरु रितिन्छ ।


बोटलले पिउनेहरुलाई रित्याउँछ
काउन्टरको बिलले पिउनेको खल्ती रित्याउँछ ।


अचानक आकाशमा बादल मदारिन्छ
मौसम अनूकुल वर्षा वर्षिन्छ ।


यसले हुने खानेको जीवन दर्शाउँछ 
आफ्ना पूराना रितिरिवाज हराउँछ । 

Comments