प्रेम विवाह
साउन ८, २०८०, सोमबार | विहान ०५:०१ बजे | 60
डा इन्दुल केसी
प्रेमपत्रहरु पठाएँ विगतमा
माध्यम–मोबाइल मेसेन्जरमा
जवाफ सकारात्मक उही मोबाइलैमा
नौलो तरिका नयाँ जमाना ।
आफू एक लका जवान विद्यार्थी
उनी बैसमा फूलेकी एउटी विद्यार्थी
एउटै कलेज एउटै कक्षाका सहपाठी
हामी अध्ययनमा आपसी सहयोगी ।
म हुँ सुदूर पूर्वी पहाडी जिल्लाको
उनी हुन् सुदूर पश्चिमी पहाडी जिल्लाकी
कलेजको एउटै होस्टेल तर अलग अलग कोठामा
ब्रेकफाष्ट, लन्च हाम्रो एउटै टेबुलमा ।
कलेजमा बिदाको दिन घुमघाम एकान्त मिलन
मीठा–मीठा कुराकानी आपसी चुम्बनमा
अनेकौं कुराको गहिरो विचार विमर्शमा
भावी जीवनको योजना बनाउनमा ।
सँगै जीवन बिताउने सुख दुःखमा
ठूला साना जे छौं हाम्रा जात भातमा
एउटै भान्छा, एउटै थाल र कचौरामा
स्वाद लिई खाने दाल भात तरकारीमा ।
हाम्रा परिवारजनले स्वीकारे मागी विवाह
अस्वीकार गरेँ, गरौं हामी प्रेम विवाह !
लौ अब साथीहरुको रोहबरमा
सही छाप गरौं यो मञ्जुरी पत्रमा ।
२०८०÷४÷८ गते