विदाई भए नेकका ४८ नव इन्जिनियर विद्यार्थी


साउन ६, २०८०, शनिबार | विहान ०८:०७ बजे | 45


विदाई भए नेकका ४८ नव इन्जिनियर विद्यार्थी

भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा साढे चार वर्षे अध्ययन पूरा गरेका सिभिल एण्ड रुरल डिपार्टमेन्टका नव इन्जिनियर विद्यार्थीलाई शनिबार एक कार्यक्रमवीच विदाई गरेको छ । कलेजको सिभिल एण्ड रुरल डिपार्टमेन्टको आयोजनामा राजधानीमा शनिबार एक भव्य कार्यक्रम गरी विद्यार्थीलाई विदाई दिएको हो । 
कार्यक्रममा नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्राडा पदमबहादुर शााहीले देशभर ७८ हजार इन्जिनियरहरु रहेको तथ्यांक पेश गर्दै असल नियतका साथ काम गर्न नव इन्जिनियर विद्यार्थीलाई सुझाए । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले कलेजबाट उत्पादन भएका नव इन्जिनियर विद्यार्थी कलेजको राजदूत जस्तै भएको भन्दै राम्रोसँंग काम गर्न सल्लाह दिए । कलेजका भाइस प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले पेशागत जीवनको प्रगतिको शुभकामना दिए । 
कार्यक्रममा कलेजको प्रशाशन शाखा प्रमुख श्रीमा शर्मा, कलेजका प्राडा गणेश शाह, कलेजको सिभिल एण्ड रुरल डिपार्टमेन्ट प्रमुख सुनिल श्रेष्ठ, कलेजको विद्यार्थी कल्याण शाखाका प्रमुख सचिन श्रेष्ठ, विद्यार्थीहरु पूजा राई, माधब केसी, अञ्जली पाण्डेलगायतले आआफनो धारणा राखेका थिए । 

फाेटाेमा हेर्नुहाेस्...

विदाई भए नेकका ४८ नव इन्जिनियर विद्यार्थी
विदाई भए नेकका ४८ नव इन्जिनियर विद्यार्थी
विदाई भए नेकका ४८ नव इन्जिनियर विद्यार्थी

Comments