फासीवादको अनुहार लेख अध्ययन गर्दा
असोज ६, २०७७, मङ्गलबार | विहान ०२:२० बजे | 5
रामकृष्ण प्रजापति
चिलीमा फासीवादको प्रतिरोध पुस्तक भित्रको फासीवादको अनुहार लेख पिलार अगुइलिरा र रिकार्डो फ्रेड्सको लेख नेपालीमा अनुवाद गरी पत्रकार समाजले प्रस्तुत गरेको थियो । यो लेख अमेरिकामा सन् २००१ सेप्टेम्बर ११ मा आतङ्ककारी हमला भएपछि लेखकहरुले १९७३ सेप्टेम्बर ११ कोे आतङ्ककारी घटनाको स्मरण गरी “जो आगोमा खेल्छ आगो मै मर्छ, जो पानीमा खेल्छ पानीमा नै मर्छ” भन्ने जस्तै चिलीमा जस्तो गर्यो अमेरिकामा पनि त्यस्तै दुःख, कष्ट, कति आफन्त हरायो, कति पिडा भयो होला भनि तुलना गरेको देखियो ।
दक्षिण अमेरिकामा रहेको लाम्चो देश चिली नेपालभन्दा ५ गुना ठूलो प्रशान्त महासागर छेउमा रहेको देशमा राष्ट्रपति एडुआर्डो फ्रे मोटाल्वाले अमेरिकी सिआइएको निर्देशनमा सैनिक शासन लागु गरे । त्यसको विरोध भएपछि १९७० सेप्टेम्बर ४ मा भएको चुनावमा डा.साल्भाडोर एयेन्डेले क्रिश्चियन डेमोक्रेटिक पार्टी र सेनाध्यक्ष जनरल पिनोचे रने सेनेडोरको समर्थनमा नोभेम्बर ३ मा राष्ट्रपति बने । सन् १९७३ सेप्टेम्बर ११ का दिन सेनाध्यक्ष पिनोचेले सैनिक विद्रोह गरेर राष्ट्रपति बने । तर राष्ट्रपति एयेन्डेले अन्तिम दमसम्म फिडेल क्याष्ट्रोले दिएको राइफलले उसका सहयोगीको सहयोगमा सैनिक विद्रोहीहरुसंगको लडाईंमा अमेरिकी सिआईएको निर्देशनमा सैनिक पिनोचेले राष्ट्रपति एयेन्डेको हत्या गरे । यो पुस्तकले मुख्यतया सशस्त्र संघर्ष विनाको सत्ता साम्राज्यवादीहरुले सजिलै टिक्न नदिने माक्र्सवादी सिद्धान्त अथवा स्वतन्त्रतापूर्वक चुनावबाट सत्ता टिकाउन नसक्ने पेरिस कम्युनले प्रमाणित गरेको कुरा समाजवादी रुस सामाजिक साम्राज्यवादमा पतन भई चुनावबाट शासन सत्तामा पुग्न सक्ने संशोधनवादी नीतिका कारण राष्ट्रपति एयेन्डे लगायत १५ हजार देशभक्ति क्रान्तिकारीले ज्यान गुमाउनु परेको अथवा संशोधनवादलाई रुसले प्रशय नदिएको भए यो घटना नघट्ने बहस समेत यो पुस्तक अध्ययनले देखाउँछ । अहिले नेपालमा पनि प्रगतिशील, कम्युनिष्ट क्रान्तिकारीहरु चुनावबाट शासन सत्तामा पुग्न सकिन्छ भने सोचे । त्यो दिवास्वप्नमात्र हुने छ । बौद्धिक र भौतिक क्षमताको अभाव भएसम्म पूँजीवादी राज्यसत्ताको ठाउँमा सर्वहारावर्गको राज्यसत्ता सम्भब नहुने साथै चिलीको हविगत भोग्नु पर्ने शिक्षा दिन खोजेको देखिन्छ । नाम जे भएपनि यदि पूँजीपतिहरुले नाफामा आँच आउने तथा उनीहरुको कार्यमा सानो थेस्कोमात्रै लागेपनि पूँजीवादी र फासीवादबाट बच्न नसक्ने बरु क्रान्तिकारी सशस्त्र क्रान्तिबाट स्थापित सोभियत रुस, चीन, क्युवा, प्रजग कोरिया अहिले पनि अमेरिकी साम्राज्यवादलाई हाँक दिई रहे पनि उनीहरु विरुद्ध बाल पनि बाँका गर्न नसकेको शिक्षा दिन खोजेको यो पुस्तक प्रगतिशील, कम्युनिष्ट, देशभक्ति क्रान्तिकारीहरुको लागि महत्वपूर्ण तथा अध्ययन गर्नुपर्ने पुस्तक हो ।
यो लेख चिलीको सेनाले प्रजातान्त्रिक तरिकाबाट निर्वाचित राष्ट्रपति एयेन्डेलाई सत्ताच्युत गर्न सैनिक कु गरेको थियो । त्यो समय चुक घोप्टिएका जस्तो औंसीको रात थियो । अमेरिकी सिआइएले हत्या गरेका कबि पाब्लो नेरुदाले ‘निक्सनको सत्यानाश र चिली क्रान्तिको जयको लागि आव्हान’ मा ‘उसको आतङ्कले उसले मारेका मृतकका शिथिल हातहरु’ न्याय दिलाउन माग गरेका छन् र निक्सन त्यतिवेलाका अमेरिकी राष्ट्रपति थियो ।
अमेरिकी फासीवादी नीति कै राष्ट्र भक्ति, समाजवादी नेता एयेन्डेको अन्त्य भयो । क्याथोलिक धर्म भएको देशमा आर्यले राज गर्ने मुसोलिनि फासीवाद जस्तै अमेरिकी साम्राज्यको फासीवादले राष्ट्रपति एयेन्डेको हत्या गरे भने मोदिको भारत हिन्दुहरु भन्ने फासीवादी नीतिले विश्व नै अशान्त छ । फासीवाद बारे गायक भिक्टर हारा लेख्छ ः– भयको सिर्जना, चक्कुधारबाट आफ्नो योजना कोर्ने, कसैको मतलब नगर्ने, रगत भनेको पदक, हत्या गर्नु नायक बन्नु, आतङ्क हो ।
अमेरिकाका तत्कालीन विदेश सचिव हेनरी किसिङ्गरले ‘मलाई थाहा छैन, कुनै एउटा देश कम्युनिस्ट बन्दै गरेको हामी कसरी सहन र टुलुटुलु हेरेर बस्न सक्छौं । यो त त्यहाँका जनताप्रतिको गैरजिम्मेवारी हो ।’ एयेन्डे निर्वाचित भएपछि अमेरिकी केन्द्रीय गुप्तचर निकाय सिआईएले व्यापक स्तरमा चिलीमा अस्थीरता फैलाउने प्रयास ग¥यो । वासिङ्टनलाई कुनै पनि ल्याटिन अमेरिकी देशलाई आफ्नो भविष्य आफैंले निर्णय गर्न कदापि दिनेछैन । समाजवादको शान्तिपूर्ण बाटो रोजेको कुनै पनि देशलाई कदापि पनि सहने छैन । त्यसैले एयेन्डेले भनेको थियो ः– ‘विदेशी पूँजी र साम्राज्यवाद प्रतिक्रियावादीले सेनालाई संविधान विरुद्ध भत्काउँदै थियो ।’ सन् १९९७ मा चिली विश्वविद्यालयमा नमेटिने सम्झना भनेर सेप्टेम्बर ११ मा चिलीको तस्विरहरु विद्यार्थीहरुलाई देखाउँदा विश्वास समेत गर्न सकिरहेको थिएन । त्यस्तो अमानवीय बर्बर क्रुर आतङ्क थियो । त्यो कोही सम्झन चाहन्नन्, त्यसबाट अछुतो रहन खोज्छन्, विर्सन चाहन्छन् तर विगतको सामना नगरी सुखै छैन । बरु त्यसबाट सिकेर सत्यको खोजी गर्नुु पर्ने र त्यो देशद्रोही आतङ्कमाथि जितेर एयेन्डेको “इतिहास हाम्रो हो र जनताले नै इतिहास बनाउनेछन् ।” भने कुरालाई नयाँ पुस्ताले पुरा गर्ने अभिभारा युवाहरुको काँधमा आएको यस लेखमा उद्धृत गरिएको छ ।
धन्यवाद !