अन्तर्राष्ट्रिय ‘बेस्ट स्कुल अवार्ड–२०२३’ माेडर्नलाई
साउन ५, २०८०, शुक्रबार | विहान ०९:४१ बजे | 30
भक्तपुर , ५ साउन । माेडर्न स्कूल र कलेज भक्तपुरलाई अन्तर्राष्ट्रिय अवार्ड ‘बेस्ट स्कुल अवार्ड–२०२३’ प्रदान गरिएको छ । विगत ३० वर्षदेखि शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षाको लागि उत्कृष्ट याेगदान दिँदै आइरहेको माेडर्न स्कूल र कलेजले शिक्षा क्षेत्रमा पुर्याएको योगदान स्वरुप यस अन्तर्राष्ट्रिय अवार्ड ‘बेस्ट स्कुल अवार्ड-२०२३’ प्रदान गरिएको हो । एक्जिटो एजुकेसन इन्टरनेसनल अस्ट्रेलियाको आयोजनामा सिंगापुर र मलेसियामा सम्पन्न एक्जिटो इन्टरनेसनल एक्सिलेन्स अवार्ड–२०२३, सिङ्गापुर र मलेसियामा गरिएको हो । माेडर्न स्कुल र कलेजले शैक्षिक, अतिरिक्त क्रियाकलाप र सामाजिक क्रियाकलापहरूका माध्यमबाट समाज र राष्ट्रलाई दिँदै आइरहेको उत्कृष्ट योगदानकाे कदर गर्दै आयोजक एक्जिटोले नेपालका ५ सय वटा संस्थागत स्कुलको सर्वेक्षण गरी ती मध्येबाट विभिन्न विधामा ३३ वटा सर्वोत्कृष्ट स्कुल छनोट गरी विभिन्न अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । जुलाई १७, २०२३ मा मलेसियाको स्विस गार्डेन इन्समा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा माेडर्न बाेर्डिङ्ग स्कूलका प्रिन्सिपल राजन कसपालले लिङ्कन विश्वविद्यालय मलेसियाकी कुलपति प्रोफेसर दातुक डाक्टर हज् बिबि फ्लोरिना अब्दुल्लाह र एक्जिटो इभेन्ट अस्ट्रेलियाका निर्देशक सचेत वीदीजनबाट अवार्ड ग्रहण गरेका थिए । अवार्ड जित्न सफल विद्यालयहरुलाई आयोजकले एक हप्ता सिंगापुर र मलेसियाका विभिन्न अन्तर्राष्ट्रिय स्कुल र विश्वविद्यालयको शैक्षिक अध्ययन भ्रमण र अनुभव आदान प्रदान समेत गराएको थियो
फाेटाेमा हेर्नुहाेस्...