किन पढ्ने काठमाडौंको तीनकुने गैरीगाउँंस्थित एभिएस कलेजमा ?
साउन ३, २०८०, बुधबार | विहान ०३:५० बजे | 55
काठमाडौ काठमाडौको तिनकुने गैरीगाउस्थित एभिएस कलेजले नया व्यवस्थापन सहित पहिलो प्रवेश परीक्षा सम्पन्न गरेको छ । कलेजले नया शैक्षिक सत्रको सुरुवातीमा नया भर्नाका लागि पहिलो प्रवेश परीक्षा सम्पन्न गरेको हो ।
कलेजले छात्रवृद्धितर्फको पहिलो प्रवेश परीक्षा लिएको कलेजका अध्यक्ष प्रा.डा. शिवनारायण यादवले बताए । अध्यक्ष यादवका अनुसार छात्रबृत्ति तर्पmको पहिलो प्रवेश परिक्षामा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
एभिएस कलेजले विज्ञान, व्यवस्थापन र कानुन संकायमा अध्यापन गराउदै आएको छ । कलेजले विज्ञान र व्यवस्थापन विषयमा छात्रबृत्तिका लागि पहिलो प्रवेश परिक्षा लिएको हो । प्रवेश परीक्षामा उल्लेख्य संख्यामा विद्यार्थीको सामेल भएको कलेजका प्रिन्सिल प्रा.डा. विदुर पराजुलीले बताए ।
विश्वविद्यालयमा लामो समयसम्मको अनुभव तथा दक्षता हासिल गरेका विज्ञ समुहद्धारा कलेज सञ्चालन गरिएको हो । यस कलेजमा अनुभवी प्राध्यापकद्धारा अध्यापन गराइदै आएको कारण विद्यार्थीहरुका लागि एभिएस कलेज रोजाइको केन्द्र बनेको छ । एकेडेमिक हिसाबले दक्ष र अनुभवी जनशक्ति भएको एव महानगरले बनाएको मापदण्डमा न्यूनतम शुल्कमा अध्यापन गराउने तथा विद्यार्थीमैत्री आधुनिक प्रयोगशाला समेत रहेको कलेजका अध्यक्ष प्रा.डा. शिव नारायण यादव बताउछन । विद्यार्थीको भविष्यको खुड्किलो मानिने कक्षा ११ देखि नै विद्यार्थीलाई निगरानी गर्ने, कमी कमजोरी सुधार्ने, विनम्र, शालीन, शिष्ट तथा भद्र विद्यार्थी उत्पादन गर्ने मुख्य लक्ष्य रहेको प्लस टु संयोजक सुरेन्द्रकुमार यादव बताउछन । शान्त वातावरण दक्ष अनुभवी शिक्षक एवं आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार यस कलेजका विशेषता हुन ।